आठौं राष्ट्रिय झण्डा दिवसको भब्य तयारी


आठौं राष्ट्रिय झण्डा दिवसको भब्य तयारी

File Photo

नेपालगन्ज २४ चैत्र : आठौं राष्ट्रिय झण्डा दिवस वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा भब्यताका साथ मनाईने भएको छ । नेपालगन्जमा गैरसरकारी संस्थाहरुको आज बसेको समन्वय बैठकले नयाँ वर्षको पहिलो दिन नेपालगन्जको रामलिला मैदानमा दिवसलाई भब्यताका साथ मनाउने निर्णय गरेको हो ।

राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महशुस गर्दै गैर सरकारी संस्थाहरुको अगुवाईमा नेपालगन्जबाट पहिलो पटक मनाउन थालिएको झण्डा दिवस लोकप्रिय बन्दै आएको छ ।

अन्तराल र बास नेपालको समन्वयमा गैरसरकारी संस्था महासँघ बाँकेमा भएको गैसस समन्वय बैठकमा सहभागिहरुले दिवसलाई भब्यताका साथ मनाउने गरी आआफ्नो तहबाट लाग्ने प्रतिबद्धता गरेका छन् ।

बैठकमा झण्डा दिवसको परिकल्पना तथा कार्यतालिकाका बारेमा अन्तरालका प्रमुख कार्यकारी तथा झण्डा दिवसका परिकल्पनाकार जयनारायण शाहले जानकारी गराएका थिए । ‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताका लागि आह्वान गर्छाैं’ ।

Kids Festival 2022
kanti aarogya hospital

उनले अन्तरालले पहिलो पटक झण्डा दिवस मनाउने कार्यको शुरुवात गरेको भन्दै चौथो वर्षदेखि बास नेपालको सहकार्यमा मनाउन थालिएको बताए । उनले यस वर्षको झण्डा दिवसलाई भब्य रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरे ।

नेपाली राष्ट्रिय झण्डाको बनोट बिशिष्ट प्रकारको छ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पूरानोछ ।

२५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यसभन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ । बजारमा किन्न पाईने झण्डाको रंग र त्यसमा प्रयोग गरिएको चन्द्र र सूर्य फरक–फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य हो । सोही उद्देश्यलाई आत्मसाथ गर्दै हरेक वर्ष बाँकेसहित देशभर झण्डा दिवस मनाइदै आएकोछ ।

राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार शाहले सरकारले नै यसको जिम्मेवारी लिई राष्ट्रिय झण्डा दिवस मनाउनुपर्ने बताउँछन् । ‘हरेक दिन राष्ट्रिय, अन्तराष्ट्रिय दिवस मनाईन्छ तर, देशलाई बिश्व मानचित्रमा चिनाउने, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिने कुनै दिन छैन’–परिकल्पनाकार शाहले भने–‘जसका कारण झण्डाको रंग समेत गलत प्रयोग गर्ने परिपाटी बढेर गएको छ । यस्तो समस्या हुन नदिन, झण्डाको महत्व बढाउन दिवस मनाउने सोँच आफुमा आएका हो ।’

राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाँध्ने गरेको उल्लेख गर्दै शाहले झण्डाको महत्वलाई बुझि झण्डाको मर्यादा कायम राख्न सबैलाई आग्रह गरे । उनले झण्डा दिवसमा सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।

समन्वय बैठकमा बासका केन्द्रिय उपाध्यक्ष शिबकुमार बर्मा, गैसस महासँघ बाँकेका सदस्य तथा बासका निर्वतमान अध्यक्ष रमेश सिटौला, समाज सुधार नेपालका तारा प्रसाद खत्री, गणेश प्रसाद भट्राई, बिग्रुपका अध्यक्ष टेकबहादुर पुनमगर, बासका निर्देशक हेमराज भट्ट, फातिमा फाउण्डेसनकी राधा केवट, मानवता नेपालकी सुमन गिरी श्रेष्ठ, थारु महिला बिकास केन्द्रकी ललिता थारु, एकता शिक्षा समाज कल्याण संघका सकिल अहमद राई लगायतले झण्डा दिवसलाई भब्यताका साथ मनाउन पूर्ण रुपमा लाग्ने प्रतिबद्धता गरेका छन् ।

बासका पूर्ब अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको बैठक गैसस महासँघ बाँके शाखाका कार्यवाहक अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपालगन्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो । पहिलो वर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगन्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो वर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगन्जको रामलिला मैदानमा सम्पन्न भएको थियो ।

यस्तै तेस्रो वर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगन्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । भने तेस्रो वर्ष नै काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो ।

चौथो वर्ष अन्तरालले नेपालगन्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगन्जको बीपि चोकमा मनाएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका तत्कालिन प्रमुख डाक्टर धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

बासले झण्डा दिवसमा सहकार्य गरेसँगै सोही वर्षदेखि बासका देशभरका ७७ औटै जिल्ला शाखाले झण्डा दिवसलाई बैशाख १ गते साझाँ कार्यक्रमको रुपमा मनाउन थालेका छन् ।

थप समाचार

सातौं राष्ट्रिय झण्डा दिवसको तयारी पुरा

झण्डा दिवस राष्ट्रियरुपमै मनाउनुपर्नेमा जोड