नेपालगन्ज २५ चैत्र : लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
नेपालन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर–२० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् ।
शिविरमा गाइने, बालबालिका, नाक, कान, घाँटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताइन् ।
शिविरमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर अन्शु शर्मा, गाइने विशेषज्ञ डाक्टर पुनम आचार्य, फिजिसियन डाक्टर शंकर केसी र बालरोग विशेषज्ञ डाक्टर समीर माहासय लगायत ११ जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको थियो ।
नेपालगन्ज युनिटीले आयोजना गरेको शिविरमा ३ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये ३ जनामा स्वास्थ्य समस्या देखिएकाले लाइन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रिफर गरिने अध्यक्ष चर्तीमगरले बताइन् ।
शिविरमा बालबालिकाको सहभागी धेरै रहेको र महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको चर्तीमगरले बताइन् । मगरले वडा नम्बर २० फेरि अर्को चरण पनि स्वास्थ्य शिविर नेपालगन्ज कमिटीले छिट्टै सञ्चालन गर्ने जानकारी दिइन् ।
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)