८ तहमा २० हजार नागरिकको स्वास्थ्य बीमा


८ तहमा २० हजार नागरिकको स्वास्थ्य बीमा

नेपालगन्ज : बाँकेमा झन्डै २० हजार नागरिकले स्वास्थ्य बीमा गरेका छन । यहाँका आठवटा स्थानीय तहमा गरिएको स्वाथ्य बीमा अभियान अन्तर्गत यतिका नागरिकले बीमा गरेका हुन् । बाँकेको जम्मा जनसंख्यामा यो धेरै कम हो ।

जिल्ला समन्वय समिति बाँकेको ववसाईडमा राखिएको रेकर्डमा २०६८ सालको जनगणना अनुसार बाँकेको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ छ । जसमा पुरुष २ लाख ४४ हजार २ सय ५५ र महिला २ लाख ४७ हजार ५८ रहेको उल्लेख छ । घरधुरी संख्या ९४ हजार ७ सय ७३ रहेको उक्त रकेर्डमा छ । पछिल्ले तथ्याकं उक्त ववसाईडमा अपडेट गरिएको छैन् ।

गत बर्षको फागुनदेखि दर्ता शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत असार मसान्त २०७६ सम्म आईपुग्दा बीमा गर्नेहरुको संख्या यति पुगेको हो । शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रका नागरिकहरु यस कार्यक्रममा बढी सहभागी भएका छन ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय बाँकेका दर्ता अधिकारी अञ्जना बरालका अनुसार बाँँकेका ८ स्थानीय तहका ८१ वडा मध्ये ८० वडामा एक–एक जना दर्ता सहयोगी खटेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका र बैजानाथ गाउँपालिका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको स्वास्थ्य बीमा प्रति अलि धेरै आकार्षण भएको पाएका छौं । बैजनाथ गाउँपालिका कार्यालयले त ९२ जना महिला स्वास्थ्य स्वयंम सेविकाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

उनका अनुसार गरिब तथा विपन्न वर्ग, जेष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिन्छ । जिल्ला समन्वय समिति बाँके रहेको भवनमा स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय छ ।

प्रत्येक वडामा दर्ता सहयोगीहरु खटिएका छन । प्रचार–प्रसारको काम पनि भईरहेको छ । तर नेपालगंज उपमहानगरपालिका क्षेत्रका नागरिकहरुको स्वास्थ्य बीमा प्रतिको आकार्षण भने त्यति नभएको दर्ता सहयोगीहरु बताउँछन ।

स्वास्थ्य बीमा गरिसकेका कतिपयले औषधी नपाएको गुनासो गरिरहेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा दर्ता सहयोगीका रुपमा रहेकी ज्योति श्रेष्ठले भनिन् ‘बीमा गराउन गाह्रो पनि छ, सेवा लिन जाँदा डाक्टरले लेखेका औषधीहरु नपाएको गुनासोहरु आईरहेका छन ।’२०७५ साल सम्म ५ जना सम्मको परिवार भए २५ सय रुपैयाँ र थप सदस्य भए प्रति ब्यक्ति ४ सय २५ रुपैयाँका दरले स्वास्थ्य बीमा गर्न खर्च लाग्थ्यो ।

२०७६ साल देखी भने ५ जना सम्मको परिवार भए ३ हजार ५ सय रुपैयाँ र थप सदस्य भए प्रति ब्यक्ति ७ सय रुपैयाँ बीमा खर्च लाग्छ । महिला स्वास्थ्य स्वयंम सेविकालाई भने ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गर्ने गरिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको ३ महिना पछि इच्छाएको स्वास्थ्य संस्था मार्फत उपचार सेवा लिन सकिन्छ । नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका प्रत्येक नागरिकलाई पहिले ५० हजार रुपैयाँ सम्मको निःशुल्क उपचार सेवा दिने गरेको थियो भने अहिले बढाएर एक लाख रुपैयाँ पु¥याएको छ ।