नेपालगन्ज २६ चैत्र : नेपालगन्जमा सञ्चालन हुदै आएको वेष्टर्न अस्पतालले कैलालीको सत्तीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेकोछ ।
शिविरमा जनरल मेडिसिन, स्त्रीरोग र हाडजोर्नी र नाक, कान, घाँटी सम्बन्धी समस्या भएका बिरामीहरुलाई वेष्र्टन अस्पतालका बिशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परामर्शका साथै उपचार सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य सम्बन्धी समस्या भए पनि गरिबी र अभावका कारण उपचार सेवा पाउन नसेका बिरामीहरुलाई लक्षित गरी अस्पतालले टिकापुर नगरपालिका वडा नम्बर–७ र सामाजिक सहकारी संस्थासँग समवन्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले बताए ।
शिविरमा आएका बिरामीहरुलाई बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर कल्पना थापा, हाडजोर्नी रोग बिशेषज्ञहरु डाक्टर किरन गुरुङ, डाक्टर बसन्त सापकोटा र नाक कान घाँटी रोग बिशेषज्ञ डाक्टर रबि स्वाँर र डाक्टर राहुल थापाले स्वास्थ्य परामर्शका साथै उपचार सेवा प्रदान गरेका थिए ।
बिगत १९ वर्ष पहिले सुरु भएर हाल एक सय बेड क्षमतामा सञ्चालन भई रहेको वेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्रीरोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।
वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल–३ आइसियु सेवा सञ्चालन गर्दै आएको छ ।
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)