नेपालगन्ज २८ चैत्र : नेपाली कला, भाषा, साहित्य, गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुको हकहित र संरक्षणको महान उद्देश्यका साथ स्थापीत बर्दियाली कलाकार समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
बौद्ध टुसाल स्थीत, वरघर थारु रेस्टुरेण्टमा आयोजित संस्थाको प्रथम साधारण सभाबाट लोक गायक कमल बिसी ‘माल्दाई’को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।
समाजको उपाध्यक्षमा लोक दोहोरी गायिका पुर्णकला बिसि, महासचिवमा गायक तथा संगीतकार बिपी वाग्ले, सचिवमा थारु भाषाका चर्चित गायक/ संगीतकार आरके थारु, कोषाध्यक्षमा गायिका/सञ्चारकर्मी अनिता चलाउने, सह–कोषाध्यक्षमा चर्चित मोडल अञ्जली अधिकारी निर्बिरोध निर्बाचित भएका छन् ।
यस्तै सदस्यहरुमा मोडेल टिका जैसी, कलाकार नरेश एमसी, म्युजिसियन सन्देश अधिकारी, कोरियोग्राफर अभिषेक वाग्ले, मोडेल अस्मिता पुरी, मोडेल प्रिजोल भण्डारी, गायक गगन बहादुर सिंह, हास्यकलाकार युद्ध मगर, कलाकार महिमा कुश्मि, कलाकार केशब शाही र कलाकार राजेश थारु समेत निर्वाचित भएका छन् ।
बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्दै कलाकारिता जगतमा स्थापित भएका तथा स्थापित हुन सँघर्षरत कलाकर्मीहरुको साझा संगठन ‘बर्दियाली कलाकार समाज’ को प्रथम साधारण सभामा करिब २ सय जना भन्दा बढी बर्दियाबासी तथा बर्दिया जिल्लासँग नाता जोडिएका गीतसंगीत, कला प्रेमीको उपस्थिती रहेको थियो ।
साधारण सभालाई उद्घाटन शत्र र बन्द शत्र गरी दूई भागमा विभाजन गरिएको थियो भने कार्यक्रमको पहिलो शत्रमा भूमि ब्यवस्ता, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यता रहेको साधारण सभामा पूर्व सिंचाई मन्त्री सञ्जय गौतम, निवर्तमान खानेपानी मन्त्री अब्दुल खान, शान्ति चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय सदस्य सोमति थारु, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय महासचिव शिब हमाल लगाएत विभिन्न संघसंस्था पेशा, ब्यबसायमा आवद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलाकार समाजलाई सहयोग पुर्याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व सिचाई मन्त्री सञ्जय गौतमले आफु अभिभावक भएर बर्दियाली कलाकार समाजलाई सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
यसैगरि पुर्व खानेपानी मन्त्री अब्दुल खानले राष्ट्रको पहिचान कला क्षेत्रबाटै हुने भएकोले राज्यले नै कलाकार क्षेत्रको बिकासमा ठोस कदम चाल्नु पर्ने बताए ।
समाजका अध्यक्ष कमल बिसीले कलाकारका हकहितमा काम गर्न र सुख दुःखमा एकले अर्कोलाई सहयोग गर्न कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण महासचिव बिपि वाग्लेले गरेका थिए ।
निर्वाचन मंडलको संयोजकमा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता राजेन्द्र शर्मा, निर्वाचन अधिकृतमा गायक/संगीतकार भद्र ओली एवम् संगीतकार कमल अधिकारीलाई आयोजकको तर्फबाट जिम्मेवारी दिईएको थियो ।
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)