भारतबाट आएका चार जना नेपालीमा कोरोना पुष्टि


भारतबाट आएका चार जना नेपालीमा कोरोना पुष्टि

File Photo

नेपालगन्ज २ वैशाखः नेपालगन्ज नाकामा शनिबार चार जनामा कोरोना पुष्टि भएकोछ ।

भारतबाट आएका चार जनालाई कोरोना पुष्टि भएको हो । नेपालगन्ज नाकामा शनिबार जाँच गरिएका एक सय दुई जनामध्येमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु भारतको विभिन्न शहरबाट आएका हुन् । भारतबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा कोरोना जाँच गर्ने गरिन्छ ।

कोरोना पुष्टि भएकालाई स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अपनाउन सल्लाह दिदैँ सम्बन्धि पालिकासंगको समन्वयमा घर पठाउने गरिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

भारतमा कोरोनाका संक्रमित बढेसँगै नेपालमा त्यसको असर देखिन थालेको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतमा काम गर्न जाने नेपालीमा घर फर्किदा कोरोना संक्रमण देखिने गरेको छ ।

भारतबाट फर्किने नेपालीलाई जाँच गर्न नेपालगन्ज नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । २०७७ सालमा स्थापना गरिएको हेल्थ डेस्कले एक लाख बढीको जाँच गरिसकेको छ ।