File Photo
नेपालगन्ज २ वैशाखः नेपालगन्ज नाकामा शनिबार चार जनामा कोरोना पुष्टि भएकोछ ।
भारतबाट आएका चार जनालाई कोरोना पुष्टि भएको हो । नेपालगन्ज नाकामा शनिबार जाँच गरिएका एक सय दुई जनामध्येमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न शहरबाट आएका हुन् । भारतबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा कोरोना जाँच गर्ने गरिन्छ ।
कोरोना पुष्टि भएकालाई स्वास्थ्य सम्बन्धि उच्च सर्तकता अपनाउन सल्लाह दिदैँ सम्बन्धि पालिकासंगको समन्वयमा घर पठाउने गरिन्छ ।
भारतमा कोरोनाका संक्रमित बढेसँगै नेपालमा त्यसको असर देखिन थालेको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतमा काम गर्न जाने नेपालीमा घर फर्किदा कोरोना संक्रमण देखिने गरेको छ ।
भारतबाट फर्किने नेपालीलाई जाँच गर्न नेपालगन्ज नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । २०७७ सालमा स्थापना गरिएको हेल्थ डेस्कले एक लाख बढीको जाँच गरिसकेको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ