नेपालगन्ज २ वैशाखः नेकपा एमालेको ग्रासरुट कार्यक्रम अन्तरगत बाँकेको राप्तीसोनारी ४ बैजापुरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
स्वास्थ्यकर्मी महासंघ बाँकेको सहकार्य तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा महिलाको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको हो ।
सो शिविरमा २ सय महिलाले परीक्षण गरेका थिए । नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनताको जनजीविकासंग जोडिएका सवालको पहिचान गर्दै स्वास्थ्यको पहुँच भन्दा टाढा रहेको बैजापुरमा शिविर आयोजना गरिएको बताए ।
शिविरको उद्घाटनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मिसन ग्रासरुट बाँके संयोजक कोमल ओली, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज संघीय सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम भुषाल, भीमकान्त लामिछाने, राप्तीसोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसीलगायतका नेताहरूको सहभागिता रहेकोे थियोे ।
शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डाक्टर इन्द्रनिल घिस, डाक्टर साजन थापा, डाक्टर कृटिना श्रेष्ठ, स्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष राजन शाही लगायतका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए ।
शिविरमा आएका महिलाले क्यान्सर जस्तो प्रणा घातक रोगको परीक्षण गाउँमै पाउँदा खुसी व्यक्त गरे । यसअघि एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२३ मा छालारोग सम्बन्धि शिविर गरेको थियो । हाल एमालेको देशव्यापीरुपमा । मिसन ग्रासरुट कार्यक्रम सञ्चालनमा छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ