उफ गर्मी ! नेपालगन्जको तापक्रम ४० डिग्री नजिक पुग्यो


उफ गर्मी !  नेपालगन्जको तापक्रम ४० डिग्री नजिक पुग्यो

File Photo

नेपालगन्ज ४ वैशाख : केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।

वैशाख लागेसँगै देशकै सबैभन्दा बढि गर्मी हुने स्थान नेपालगन्जको तापक्रममा समेत बृद्धि हुँदै गएकोछ । तापक्रम बृद्धिसंगै नेपालगन्जमा सर्वसाधरणको उपस्थिती पातलिएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार देशकै सबैभन्दा बढि गर्मी हुने नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेकोछ । हिजो आईतबार मात्रै नेपालगन्जको ३९.४ डिग्री सेल्सियस तापक्रम रहेको पाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस छ । सिमराको ३९.६, जनकपुरको ३९.५, नेपालगन्जको ३९.४, धनगढीको ३८.५, दिपायलको ३७.४, विराटनगरको ३७.२, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.७, पोखराको ३२. २, काठमाडौंको ३१.५ र धनकुटाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ ।

यो हिजो (आईतबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ५ डिग्री सेल्सियस छ । ताप्लेजुङको १३.५, काठमाडौंको १४.२, डडेलधुराको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस छ ।