File Photo
नेपालगन्ज ४ वैशाख : केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ ।
वैशाख लागेसँगै देशकै सबैभन्दा बढि गर्मी हुने स्थान नेपालगन्जको तापक्रममा समेत बृद्धि हुँदै गएकोछ । तापक्रम बृद्धिसंगै नेपालगन्जमा सर्वसाधरणको उपस्थिती पातलिएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार देशकै सबैभन्दा बढि गर्मी हुने नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेकोछ । हिजो आईतबार मात्रै नेपालगन्जको ३९.४ डिग्री सेल्सियस तापक्रम रहेको पाइएकोछ ।
महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस छ । सिमराको ३९.६, जनकपुरको ३९.५, नेपालगन्जको ३९.४, धनगढीको ३८.५, दिपायलको ३७.४, विराटनगरको ३७.२, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.७, पोखराको ३२. २, काठमाडौंको ३१.५ र धनकुटाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस छ ।
यो हिजो (आईतबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।
महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ५ डिग्री सेल्सियस छ । ताप्लेजुङको १३.५, काठमाडौंको १४.२, डडेलधुराको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ