File Photo
नेपालगन्ज ८ वैशाख : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाटै रक्त सेवा उपलब्ध गराउने तयारी गरिएकोछ । क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको हो ।
रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबीच छलफल पश्चात सहमति भएपछि सेवा छिटो सञ्चालन गर्ने तयारी गरिएकोछ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर विकले क्यान्सर अस्पतालमा विरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार सेवा अस्पतालमै उपलब्धता गराउन थालिएको बताए ।
यसका लागि गाउँपालिकाका अध्यक्ष विकले भने, ‘रक्त सञ्चार सेवालाई नियमित बनाउन खजुराका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई त्रैमासिकरुपमा रक्तदान गर्न अभिप्रेरित गर्ने योजना बनाएका छौं’ विकले अगाडी थपे–‘निकट भविष्यमा १५ शैय्याको अस्पताल निर्माण हुन लागेकाले पनि खजुरामा रक्त सञ्चार सेवा आवश्यक छ ।’
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खर्जुन सुवेदीले विरामीका आफन्तबाट रगत आवश्यक भएपछि नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्यका लागि खजुरामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने निस्कर्षमा गाउँपालिका पुगेको बताए ।
रेडक्रस सोसाइटीले हाल भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिदैँ आएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मिनबहादुर मल्लले स्थलगत अनूगमनका क्रममा अस्पतालमा तत्कालै रक्त सञ्चार सेवा केन्द्र सञ्चालन आवश्यक देखिएकाले गाउँपालिका, क्यान्सर अस्पताल र रेडक्रस गरी तीन वटै संस्थाको लागत सहभागिता रहनेगरी सञ्चालन गर्न लागिएको जानकारी दिए ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईले अस्पतालमा तत्कालै रगत आवश्यक पर्ने विरामी आउनेगरेको भन्दै रक्त सञ्चार सेवा केन्द्र आवश्यक परेको बताए ।
यसअघि उक्त अस्पतालमा उपचारार्थ विरामीका आफन्त रगत अभावमा करिब १० किलोमिटर टाढा नेपालगन्ज र करीब २६ किलोमिटर टाढा कोहलपुर स्थित रक्त सञ्चार केन्द्र धाउने बाध्याता थियो । यो सुविधा सञ्चालनमा आएसँगै उक्त बाध्यता हट्ने विश्वास लिइएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ