डुडुवा बन्यो बाँकेकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने पालिका


डुडुवा बन्यो बाँकेकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने पालिका

डुडुवा ९ वैशाख : बाँकेको डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएकोछ । यो संगै बाँकेमा यस वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा हुने डुडुवा गाउँपालिका पहिलो पालिका बनेकोछ ।
गाउँपालिकाका खोप लगाउने उमेरका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिए ।

उनले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरीयता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताए ।

गाउँपालिका अन्र्तगत जन्मेदेखि १५ महिनाका एक हजार तीन सय २९ जनाबालबालिकाले सतप्रतिशत पूर्ण खोप लगाएको र १६ महिनादेखि ५९ महिनाका तीन हजार ६ सय १२ जना मध्ये एक सय १७ जनाबालबालिकाले खोप लगाउनबाट छुटेकाले तीनीहरुको खोजी गरि सबैलाई खोप लगाएपछि सतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनकाअनुसार वार्षिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने कार्यक्रम अन्र्तगत यसवर्ष पनि घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, झंकबहादुर थापा र मोहनराम मिश्र, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्ग, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो ।