‘युवाको संघर्षको कथामा ज्याकी निर्माण भएकोछ’


‘युवाको संघर्षको कथामा ज्याकी निर्माण भएकोछ’

नेपालगन्ज ९ वैशाख : आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी–आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ ।

‘ज्याकी–आई एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।

मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए ।

उनले ‘ज्याकी–आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिपहप डान्स’को कथालाई समेटिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विजय सुवेदी ‘आवाज’ले नयाँ कथामा बनेको ‘ज्याकी – आई एम ट्वान्टिवान’ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले ‘डान्स’मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।

उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखले गरेको थियो । शाखा अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाखाले चलचित्रका कलाकारलाई फुलमाला लगाएर स्वागत गरेको थियो भने कार्यक्रम संघका सचिव विक्रम बुढाक्षेत्रीले सञ्चालन गरेका थिए ।

अब ‘ज्याकी आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ्दै गएको साक्षात्कारमा जनाइएको थियो ।