नेपालगन्ज ९ वैशाख : आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी–आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ ।
‘ज्याकी–आई एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।
मोफासलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए ।
उनले ‘ज्याकी–आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिपहप डान्स’को कथालाई समेटिएको बताए ।
त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विजय सुवेदी ‘आवाज’ले नयाँ कथामा बनेको ‘ज्याकी – आई एम ट्वान्टिवान’ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले ‘डान्स’मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।
उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखले गरेको थियो । शाखा अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाखाले चलचित्रका कलाकारलाई फुलमाला लगाएर स्वागत गरेको थियो भने कार्यक्रम संघका सचिव विक्रम बुढाक्षेत्रीले सञ्चालन गरेका थिए ।
अब ‘ज्याकी आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ्दै गएको साक्षात्कारमा जनाइएको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ