भेरीमा उपचाररत बाँकेका कोरोना संक्रमित बृद्धको मृत्यु


भेरीमा उपचाररत बाँकेका कोरोना संक्रमित बृद्धको मृत्यु

File Photo

नेपालगन्ज ९ वैशाख : कोरोना संक्रमणबाट बाँकेमा पछिल्लोपटक पहिलो संक्रमितको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एकजना बृद्धको कोभिड भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको भेरी अस्पतालका डाक्टर प्रकाश थापाले जाानकारी दिए ।

डाक्टर थापका अनुसार लामो समयदेखि कडा खालको दम रोगबाट पीडित उनलाई बैशाख १ गते परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ५ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य समस्या बढ्दै गएपछि शनिवार उनको निधन भएको भेरी अस्पतालले जनाएको छ । लामो समयसम्म कोरोनाका विरामीहरु फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरुमा संक्रमण भेटिन थालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोनाबाट जिल्लाका बासिन्दाको मृत्यु भएपछि नियन्त्रण अभियानलाई तिव्र पारिने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

हालसम्म बाँकेका कोभिड संक्रमितको संख्या २१ हजार ४०० पुगेको छ । भने हालसम्म बाँकेमा ३५४ जनाको कोरोनाबाट मृत्यु भैसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।