File Photo
नेपालगन्ज ९ वैशाख : कोरोना संक्रमणबाट बाँकेमा पछिल्लोपटक पहिलो संक्रमितको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एकजना बृद्धको कोभिड भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको भेरी अस्पतालका डाक्टर प्रकाश थापाले जाानकारी दिए ।
डाक्टर थापका अनुसार लामो समयदेखि कडा खालको दम रोगबाट पीडित उनलाई बैशाख १ गते परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि बैशाख ५ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्वास्थ्य समस्या बढ्दै गएपछि शनिवार उनको निधन भएको भेरी अस्पतालले जनाएको छ । लामो समयसम्म कोरोनाका विरामीहरु फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरुमा संक्रमण भेटिन थालेको छ ।
कोरोनाबाट जिल्लाका बासिन्दाको मृत्यु भएपछि नियन्त्रण अभियानलाई तिव्र पारिने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
हालसम्म बाँकेका कोभिड संक्रमितको संख्या २१ हजार ४०० पुगेको छ । भने हालसम्म बाँकेमा ३५४ जनाको कोरोनाबाट मृत्यु भैसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ