महिलाहरुको स्वास्थ्य समस्या सम्वन्धी ‘दिदी–बहिनी’को छलफल


महिलाहरुको स्वास्थ्य समस्या सम्वन्धी ‘दिदी–बहिनी’को छलफल

नेपालगन्ज १० वैशाख : महिलाहरुको स्वास्थ्य सम्वन्धि नेपालगन्जमा अन्र्तक्रिया गरिएको छ । दिदी–बहिनी समाज बाँकेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

महिलाहरुका क्षेत्रमा क्रियाशील संस्था दिदी–बहिनी समाज बाँकेले महिलाहरुको स्वास्थ्य समस्या र समाधानका उपायहरु खोज्नका लागि अन्र्तक्रिया गरिएको बताएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

२५ जना महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा संस्थाकी सदस्य तथा स्वास्थ्यकर्मी सुमन गिरी श्रेष्ठले महिलाहरु महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, पाठेघरसँग सम्वन्धित समस्या र समाधानका उपायहरु, स्तन क्यान्सर, महिलाहरुको मानसिक स्वास्थ्य, स्वस्थ र सन्तुलित भोजन लगायतका बिषयमा प्रशिक्षण दिएकी थिईन् ।

संस्थाकी उपाध्यक्ष दीला शाहले स्वागत गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवा महिलाहरुको सहभागिता रहेको थियो । संस्थाकी सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रम समापन गर्दै संस्थाकी अध्यक्ष रमादेबी शाहले महिलाहरुको स्वास्थ्य समस्याबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताईन् । संस्थाले महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।