राप्ती नदीमा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीसँग सांसद नमुनाले थालिन पहल


राप्ती नदीमा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीसँग सांसद नमुनाले थालिन पहल

प्रधानमन्त्रीलाई भेटेर राप्तीनदीमा तटबन्ध निर्माणका लागि अवश्यक पहल गर्दै सांसद केसी ।

नेपालगन्ज ११ वैशाख : गत वर्ष राप्ती नदीमा आएको बाढीका कारण भत्किएको तटबन्ध निर्माणका लागि आवश्यक पहल सुरु गरिएकोछ । बाँके क्षेत्र नम्बर–१ प्रदेश सभा ‘क’ की सांसद कृष्ण केसी ‘नमुना’ले बाढीले भत्काएको तटबन्ध मर्मत तथा निर्माणका लागि आवश्यक पहल सुरु गरेकी हुन् ।

राप्ती नदीमा आएको बाढीले भत्काएको तटबन्ध एक वर्ष पुग्नै लाग्दा मर्मत नभएपछि सेतोखरीले समाचार प्रकाशन गरेको थियो । सेतोखरीसंगै अन्य सञ्चारमाध्यममा उक्त समाचार प्रकाशन भएपछि सो क्षेत्रका प्रदेश सांसद नमुनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेकी छन् ।

जिल्लाको दुर्गम क्षेत्रबाट परिचित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै तटबन्ध गर्न आवश्यक देखिएको भन्दै यस्तो पहल सुरु गरिएको हो । उक्त क्षेत्रमा पर्ने राप्ती नदीको ९ वटा स्थान अति जोखिममा रहेकाले तटबन्ध निर्माण आवश्यक देखिएको छ ।

सो क्षेत्रका बासिन्दा बर्षेनी डुबान र कटानमा पर्दै आएकाछन् । यतिमात्र होइन पटक–पटक प्रयास गरिए पनि तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आफ्नो क्षेत्रका जनतालाई डुबान र कटानबाट हुने क्षतिबाट जोगाउन राजधानी पुगेर प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई भेटेर विशेष आग्रह गरिएको सांसद नमुनाले सेतोखरीलाई जानकारी दिइन् ।

उनले प्रधानमन्त्री प्रचण्डले अबको दुई महिनाभित्र तटबन्ध मर्मत सम्भार र निर्माणको कार्य पुरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समेत जानकारी दिइन् ।

सेतोखरीसँग कुरा गर्दै नमुनाले भनिन्–‘राप्तीमा तटबन्ध निर्माणको विषयलाई लिएर प्रधानमन्त्री ज्यूले जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र गृहमन्त्रीलाई समेत बोलाएर तटबन्ध निर्माणका लागि आवश्यक बजेट विनियोजन गरि कार्य सुरु गर्न निर्देशन दिनु भएकोछ ।’

नमुनाले अगाडी थपिन्–‘यही बेला हो तटबन्ध मर्मत र निर्माण गर्ने । बर्षा लागेर पानि बस्तीमा पस्यो भने ठूलो क्षति हुन्छ । प्रधानमन्त्री ज्यूको निर्देशनसंगै छिटै टेण्डर आह्वान गरि निर्माण कार्य सुरु हुन्छ ।’

सांसद केसीले राप्तीसोनारी–७ फत्तेपुर र नरैनापुर–६ गंगापुरमा गत वर्ष भत्केको राप्तीको तटबन्ध मर्मत नहुँदा वर्षाको समय नजिकिँदै गर्दा स्थानीय बासिन्दा त्रसित र आक्रोशित भएको बताइन् ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका विषयका कारण आफू केहि दिनपछि पुनः केन्द्रमा गएर तटबन्ध निर्माणको विषयमा ताकेता गर्ने सांसद नमुनाले सेतोखरीलाई जानकारी दिइन् ।

राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले ठुलो क्षति पु¥याएको थियो । राप्तीसोनारी गाउँपालिकाका अनुसार राप्तीसोनारी–७ फत्तेपुरमा मात्रै करिब ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ ।

यस्तै नरैनापुर गाउँपालिकाका अनुसार सो पालिकाको वडा नम्बर–६ गंगापुरमा करिब डेढ सय मिटर क्षेत्र तटबन्ध मर्मत गर्नुपर्नेछ भने दुवै पालिकामा नौ स्थानमा नयाँ तटबन्ध निर्माण गर्नु पर्ने अति आवश्यक रहेको छ ।

थप समाचार

बाढीले भत्काएको तटबन्ध एक वर्ष पुग्नै लाग्दा मर्मत भएन, १० हजार मानिसको ज्यान जोखिममा