File Photo
नेपालगन्ज १२ बैशाख : बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक जना वृद्धको मृत्यु भएपछि संक्रमण नियन्त्रण अभियानलाई तीव्र पारिएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेले पछिल्लो समय दैनिक नेपाल–भारत सीमानाका जमुनाहमा संक्रमति फेला पर्न थालेपछि थप सर्तकता अपनाएको हो ।
नेपाल–भारत जमुनाह नाका भएर भारतबाट आउनेमा कोरोना संक्रमण बढि फेला पर्न थालेपछि संक्रमणको चेन बे्रक गर्न समितिले तदारुक्ता देखाएको हो । कोरोना संक्रमित बाँके राप्तीसोनारी गाउँपालिका –२ का ८६ वर्षीय एक जना वृद्धको भेरी अस्पतालमा उपचारका क्रममा यही शनिबार मृत्यु भएको थियो । संक्रमित विरामीको मृत्यु भएपछि यतिबेला जिल्लामा स्वास्थ्य मापदण्डको पालना, भौतिक दूरी र खोप लगाउने अभियानलाई समेत तीव्र पार्न थालिएको बाँकेका कोराना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार विशेष गरी भारतबाट फर्किने नेपालीमा बढी सङ्क्रमण देखिन थालेकाले नाकामा विशेष ध्यान दिने तथा यसअघि नै निर्माण गरिएको होल्डिंग सेन्टरलाई व्यवस्थित पारी तयारी अवस्थामा राखिने बताए । यस्तै बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल र अन्य निजी अस्पतालमा रहेका कोभिड वार्डहरूलाई पनि हरेक समय तयारी अवस्थामा राखिने ओलीले बताए ।
लामो समयसम्म कोरोनाका बिरामीहरू फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरूमा सङ्क्रमण भेटिन थालेको हो । यसरी संक्रमित भेटिनेमा बाँकेसहित अन्य जिल्लाका रहेकाछन् ।
हालसम्म बाँकेका कोभिड सक्रमितको सङ्ख्या २१ हजार ४ सय जना पुगेको छ भने हालसम्म बाँकेका ३५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
यसैबीच, नेपालगन्जमा मंगलबार ७ जनालाई कोरोना देखिएको छ । भारतका विभिन्न ठाउँबाट आएका एक सय १७ जनालाई जाँच गर्दा सात जनामा कोरोना देखिएको हो । उनीहरुलाई नेपालगन्ज नाकामा जाँच गरिएको थियो ।
कोरोना देखिएका सात जनामध्ये ६ जना बाँके र एक जना दाङ जिल्लाका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकाका ४ जना, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका एक–एक जना रहेका छन् । उनीहरु भारतको जम्बु काश्मिरबाट आएका हुन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ