सार्वजनिक जग्गा हडप्न नपाएपछि मलाई विवादमा तानियो : वडाअध्यक्ष रिजाल


सार्वजनिक जग्गा हडप्न नपाएपछि मलाई विवादमा तानियो : वडाअध्यक्ष रिजाल

विवाद उत्पन्न सार्वजनिक जग्गाको स्थलगत अवलोकन गरिदैँ ।

नेपालगन्ज १३ वैशाख : सार्वजनिक जग्गा हडप्न खोजेको संगीन आरोप लगाउँदै आफूलाई विवादमा तान्न खोजिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर– १ का वडाअध्यक्ष प्रमोद रिजालले बताएकाछन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै वडा नम्बर–१ विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र बाटोको विषयलाई लिएर आफुलाई बारम्बार बदनाम गराउन खोजिएको बताए ।

आफ्नो क्षेत्राधिकार प्रयोग गरेर सार्वजनिक जग्गा संरक्षण र बाटो विस्तार मात्रै गरेको बताउँदै उनले सार्वजनिक जग्गाको संरक्षण गर्नु आफ्नोे अधिकार क्षेत्रभित्रको कुरा पत्रकार सम्मेलनमार्फत प्रष्ट्याए ।

अघिल्लो कार्यकालमा पनि नगरपालिकामा समेत थुप्रै पटक विवाद समाधान गर्ने प्रयास आफुहरुले गरेको जानकारी दिँदै उनले भने,–‘चन्द्रकला उप्रेतीले यसै विषयलाई लिएर भएजतिका पार्टी कार्यालय, मानव अधिकार आयोग लगायतका स्थानसम्म पुगिसक्नुभएको रहेछ । मलाई प्रधानमन्त्रीको पिएको सम्म फोन आयो । राष्ट्रिय मानव अधिकार आयोगबाट, विभिन्न पार्टी कार्यालयबाट समेत फोन आईसकेको छ । अब भन्नुस मैले क–कसलाई जवाफदिने ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्दिन राई, नगरपालिकाका कर्मचारी तथा टोलवासीहरुको समेत सहभागितामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक जग्गा हडप्न नपाएको निहुँमा आफुलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लान्छना लाउँदा पत्रकार सम्मेलन गर्न बाध्य भएको प्रतिक्रिया दिए ।

‘उप्रेतीले सार्वजनिक जग्गा हडप्न नपाएकै झोँकमा दोलखा देखिका मान्छे बोलाएर वडा कार्यालयमै पनि हुलहुज्जत गरेको’ उनले बताए । आफुहरुले थुप्र्रै पटक विवाद समाधानको प्रयासपछि पनि विवाद समाधान नहँुदा अदालतले देखाएको बाटोमा आफुहरु जाँदा थुप्रै आरोपहरु खेप्नु परेको उनको दुखेसो छ ।

‘हामीले डोजर लगाउनु अघि १५ दिने सूचना समेत प्रकाशन गरेका थियौं । हामीले जेजति पनि कामहरु गरेका छौ तिँ सबै कानूनको दायरा भित्र रहेर गरेको कामहरु हुन्,’–उनले भने ।

चन्द्रकला उप्रेतीले विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र नक्सामै बाटोको लागि भनेर छुट्याईएको जग्गा आफ्नो भएको दावि गर्दै आएकी छन् ।

नेपालगन्ज उप–महानगरपालिकाको अघिल्लो कार्यकालमा समेत यो विषय सबैको टाउको दुःखाईको विषय भएको वडा अध्यक्ष रिजालले बताए । पत्रकार सम्मेलन पश्चात उपस्थित मेयर विष्ट, उपमेयर राई, नगरपालिकाका कर्मचारी, टोलबासी तथा पत्रकारले विवादास्पत जग्गाको समेत अवलोकन गरेका थिए ।

थप समाचार

चन्द्रकला उप्रेतीद्वारा सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्दै, अदालतको फैसला मान्न अटेरी