नेपालगन्ज १५ वैशाख : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री चौधरीसँगै ३ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे मन्त्री बनेका छन् ।
मन्त्रीहरु जिम्मेवारी भने तोकिएको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालयहरुको भागबण्डा नमिलेकाले मन्त्रीहरुको जिम्मेवारी नतोकिएको हो ।
चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री चौधरीलाई नेपाली काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्र १ सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
थप समाचार
डिल्लीबहादुर चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्रीमा नियुक्त (संक्षिप्त पृष्ठभूमि सहित)
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ