लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ


लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ

नेपालगन्ज १५ वैशाख : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री चौधरीसँगै ३ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे मन्त्री बनेका छन् ।
मन्त्रीहरु जिम्मेवारी भने तोकिएको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालयहरुको भागबण्डा नमिलेकाले मन्त्रीहरुको जिम्मेवारी नतोकिएको हो ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीलाई नेपाली काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्र १ सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

डिल्लीबहादुर चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्रीमा नियुक्त (संक्षिप्त पृष्ठभूमि सहित)