नेपालगन्ज १८ वैशाख : बाँके डुडुवा गाउँपालिका–४ शाहपुर्वामा पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेले कार्यक्रमको आयोजना गरेको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका कार्यालय प्रमुख डाक्टर अनिल कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो विशिष्ट अतिथीका रुपमा सहभागि भएकी थिईन् ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको स्वीकृत वार्षिक कार्यक्रम अनुसार नागरिक आरोग्य कार्यक्रम पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रम गरिएको थियो । कार्यक्रमका सहभागिहरुलाई नसर्ने रोगहरुको न्यूनिकरण, उचाई र तौल अनुसार परिक्षण, सुगर परिक्षण गर्दै मानिसको आहार विहार, प्राकृतिक खाने कुराहरुको बारेमा जानकारी दिइएको थियो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ गरिएको अभिमुखिकरण कार्यक्रममा मानिसको जीवनशैलीलाई कसरी स्वस्थ बनाउने, प्राकृतिक उपचार पद्धति, योगहरुका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, वडा नम्बर–१ अध्यक्ष पटेश्वर कुर्मी लगायतको उपस्थिती रहेको थियो । पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रमको उद्देश्य र विषयवस्तुको बारेमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जकी डाक्टर गीता रेग्मी र कार्यालय प्रमुख अनिल कुमार चौधरीले सहजीकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा कविराज रोशन शर्मा, किरण खनाल, उर्मिला थारु, ल्याब टेक्निसियन जमुना गिरी, वरिष्ट वैद्य सीताराम चौधरी लगायतले सहयोग गरेका थिए । आधुनिक समाजमा सुविधा बढ्दै गएपनि मानिसको जीवनशैलीका कारण धेरै रोगहरुको संख्या बढिरहेको अवस्थामा यस्ता कार्यक्रमले नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सहयोगी भुमिका खेल्ने डाक्टर गीता रेग्मीले बताईन ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी