नेपालगन्ज १८ वैशाख : बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ ।
अप्टिमिस्ट क्लब अफ नेपालगन्जको आयोजना, कान्ति आरोग्य अस्पताल, एचसिआरसी अस्पताल र कौशिल्या अस्पतालको प्राबिधिक सहयोगमा नेपालगन्ज स्थित निल सागर सेवाश्रममा रहेका बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिबिरमा अप्टिमिस्ट क्लब अफ नेपालगन्जकी सदस्य तथा बालरोग विशेषज्ञ डाक्टर रोमा बोराले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेकी थिईन् ।
बालबालिकाहरुलाई ज्वरो, रोग, शरिर दुःख्ने लगायतका समस्याहरु देखिएका थिए । बालबालिकाहरुलाई निःशुल्क औषधि समेत उपलब्ध गराईएको थियो ।
यसैगरी आश्रममा रहेका सबै जेष्ठ नागरिकहरुको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । ५० बढि बालबालिकाहरुले सेवा लिएको उक्त शिबिरमा क्लवका अध्यक्ष नमस्कार शाह, संस्थापक अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष कमल शाही, बोर्ड डाईरेक्टर दिला शाह, उपसदस्यहरु राम न्यौपाने र डाक्टर रोमा बोराको उपस्थिति रहेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ