विश्व हाँसो दिवस नेपालगन्जमा हाँसेर मनाइयो


विश्व हाँसो दिवस नेपालगन्जमा हाँसेर मनाइयो

नेपालगन्ज २४ बैशाख : अन्तर्राष्ट्रिय हाँसो दिवस बाँकेमा हाँसेर मनाइएको छ । दिवसको अवसरमा आईतबार विहान त्रिभुवन चोक हाँसेको छ ।

नेपालगन्ज हास्य क्लब र सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित कार्यक्रममा नेपालगन्जका स्थानीय तथा प्रतिष्ठीत व्यक्तीहरुले मन खोलेर पेट मिचिमिचि हसाएका हुन् ।

कार्यक्रममा विभिन्न चुट्किला, कहानी, टुक्का, उखान सुनाएर हसाइएको थियो । हाँसो स्वास्थ्यका लागि निकै लाभदायक भएको, स्वस्थ हुन हाँसो अति आवश्यक भएको सन्देश प्रवाह गर्न सचेतना समेत प्रवाह गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भट्ट, हाँसो क्लबका अध्यक्ष डाक्टर छत्रपाल अग्रवाल, पतञ्जली योग समितिका हरजित सिंह सरदार, योग समिति नेपालका अध्यक्ष गुरु डाक्टर गिरीराज शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमाल, उर्दु साहित्यकार आदिल सरवर, नागरिक अगुवा विजयरत्न श्रेष्ठ, अधिबक्ता हंसराज गुप्ता, सामाजिक अगुवा धु्रब बैश्य लगायतको सहभागिता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सहभागीहरुले त्रिभुवन चोकदेखि पुर्वलाईन महेन्द्र पुस्तकालयसम्म हास्दै ¥याली समेत निकालेका थिए ।