गुलरिया(बर्दिया) २९ वैशाखः रेबिजग्रस्त कुकुरको टोकाइबाट बर्दिया जिल्लामा ५ जनाको मृत्यु भएको पाइएकोछ । चालु आर्थिक वर्षको अन्तिम दुई महिना बाँकी रहदाँ रेविजग्रस्त कुुकुरको टोकाईबाट ५ जनाको मृत्यु भएको हो ।
रेबिजग्रस्त कुकुरको टोकाइबाट बर्दियाको सदरमुकाम गुलरियामा एक सातायता एक जना बालकको मृत्यु समेत भएकोछ ।
गुलरिया नगरपालिका वडा नम्बर–५ का सात वर्षीय बालकको मृत्यु हुँदा तीन साता अघि मात्रै रेविजग्रस्त कुकुरको टोकाइबाट गुलरिया नगरपालिका–९ का २३ वर्षीय एक युवाको मृत्यु भएको जिल्ला अस्पताल, बर्दियाले जनाएको छ ।
रेबिजग्रस्त कुकुरबाट ५ जनाको मृत्युपश्चात यतिबेला अस्पतालमा रेबिजविरुद्ध खोप लगाउनेको संख्या दैनिक तीन दर्जन बढी रहेको मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर सुभाष पाण्डेयले बताए । कुकुरको टोकाइबाट मृत्यु भएकाको सम्पर्कमा आएका मानिस भ्याक्सिन लगाउन अस्पताल आउने गरेको मेसु पाण्डेयले जनाए ।
कुकुरको टोकाइबाट खोप लगाइएका अधिकांश रेबिज हुन सक्ने आशंकामा आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । बहुला कुकुरबाट टोकेर यस आवमा थप ३ सहित पाँच जनाको मृत्यु भएको छ । गाउँघरमा उपचार गराएका कारण मृत्यु भएका तीन जनाको तथ्यांक जिल्ला अस्पतालसँग नभएको मेसु पाण्डेय बताउँछन् ।
रेबिजग्रस्त कुकुरको व्यवस्थापन नभएसम्म यसको समाधान नहुने स्थानीय बताउँछन् । सामुदायिक कुकुर सहरी र ग्रामीण क्षेत्र दुवैमा बढी भएको पाइएको छ । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बहुला कुकुर व्यवस्थापन गर्न पशु कार्यालयसँग सम्पर्क गरेको बताए ।
‘बहुला लगायत, भुस्याहा कुकुर मार्दा उनीहरुको अधिकार हनन हुने भन्दै अधिकारीवादीको विरोध गर्छन्,’ उनले भने, ‘यसै कारण बहुला कुकुर मार्न सकिँदैन ।’ गत साउनयता एक हजार ४ सय जनाले जिल्ला अस्पतालमा रेबिजको खोप लगाइसकेका छन् ।
माग अनुसार उपलब्ध नहुँदा खोप अभाव हुँदै गएको छ । निःशुल्क रुपमा यो खोप पाउने गरिन्छ । जिल्ला अस्पतालमा गत आवमा ३ सय भाइल खोप आउँथ्यो । अहिले घटेर २ सय भाइल आएको छ । जिल्लामा कति जनालाई रेबिजग्रस्त कुकुरले टोके भन्ने तथ्यांक भने छैन । पहिले यसका लागि कुकुरको पहिचान गर्न जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ