नेपालगन्ज ३१ वैशाखः नेपालगन्जको सेतु बिक चोक नजिकै दिया मेकअप स्टूडियो सञ्चालनमा आएको छ ।
मिस नेपालगन्ज २०१५ का बिजेता सुमन थापाले आईतबार एक समारोहकाविच रिवन काटेर दिया मेकअप स्टूडियोको औपचारिक उद्घाटन गरिन् ।
उक्त स्टूडियोमा मेकअपका सम्पुर्ण कामहरु हुने स्टूडियोका सञ्चालिका दिया रोकायले जानकारी दिइन् ।
स्टूडियो सञ्चालिका रोकायका अनुसार दिया स्टूडियोमा थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हेबी मेकअप, ब्राईडल मेकअपका साथै मेहन्दीका कामहरु सुपथ मूल्यमा गरिनुका साथै मेकअप सम्बन्धि ट्रेनिङ्ग समेत दिईनेछ ।
आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु रहेको उनले बताईन् ।
मेकअप स्टूडियो उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष करुणा शाह, आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष भगतराम थारु, नेपाल राष्ट्रिय दलित पत्रकार संघ बाँकेका उपाध्यक्ष आशा परियार लगायत शौन्दर्य सम्बन्धि काम गर्ने शौन्दर्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ