नेपालगन्ज १ जेठ : अस्पतालको बहिरंग (ओपिडी) अर्थात बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ ।
नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले जेठ १ गतेदेखि लागु हुनेगरी ओपिडी शुल्क बढाएको हो ।
ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । सङ्घका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले बढ्दो महँगी र नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको जानकारी दिए । मन्त्रालय र सरोकारवालाको परामर्शका आधामा नयाँ शुल्क तोकिएको हो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, पहिलो संशोधन २०७८ ले स्वास्थ्य सम्बन्धी कुनै पनि सेवाको शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा सात सदस्य समिति रहने व्यवस्था गरेको छ । तर, तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य संस्था सञ्चालन मापदण्डलाई मिचेर शुल्क बढाउने जिम्मा नेपाल चिकित्सक सङ्घलाई दिएको सरोकारवाला बताउँछन् । नियम विपरीत शुल्क बढाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।
कति बढ्यो ओपिडी शुल्क ?
नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकले ४२० रुपैयाँ लिन पाउनेछन् । यसअघि यस्तो चिकित्सकको शुल्क ३७० रुपैयाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बीडीएस चिकित्सकले ५१५ रुपैयाँ लिन पाउँछ । यसअघि ४५० रुपैयाँ शुल्क तोकिएका थियो ।
यस्तै डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपैयाँ र पाँच वर्षभन्दा बढी छ भने ६७० रुपैयाँ लिन पाउँछन् । यसअघि पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपैयाँ तोकिएको थियो ।
यसैगरि, एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले आठ सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।
दुई वर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्षभन्दा कम अनुभव भएकाको ६६० रुपैयाँ र त्यसभन्दा बढी अनुभव भएमा सात सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्षभन्दा कम छ उनीहरूको शुल्क ८८० रुपैयाँ हुने भएको छ । यसअघि उनीहरूको शुल्क ७७० रुपैयाँ थियो । पाँच वर्ष माथिकाले ९४० रुपैयाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपैयाँ लिन पाउँथे ।
यस्तै, आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्यूनतम तलब पनि बढ्ने भएको छ । यसअघि उनीहरूको न्यूनतम तलब मासिक ४२ हजार रुपैयाँ तोकिएकोमा आजदेखि न्यूनतम तलब ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ