नेपालगन्ज ४ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा डेरा गरी बस्ने ४३ वषीर्य गंगा गुरुङ्ग पेटको क्यान्सरबाट ग्रसीत हुँदा आर्थिक अभावमा उपचारका लागि तड्पिएकी छिन् ।
उनको हाल बिपी कोईराला मेमोरीएल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेकोे एक वर्ष जती भएको छ । गुरुङ्गका पति सामान्य मजदूरी काम गर्ने भएकाले पर्याप्त रकम अभावमा उपचार प्रभावित भएको छ ।
सरकारले दिने पैसा पनि खर्च भइसकेको र आफुहरुसँग पनि थप उपचारका लागि पैसा नहुँदा समस्या उत्पन्न भएको गंगाका पति मनु गुरुङ दुखेसो पोख्छन् । आफ्नो ज्यालादारीको कामले बालबालिका एकातिर पालनपोषणमा समस्या छ भने अर्कोतिर श्रीमती बचाउन चुनौती भएको उनको गुनासो छ । ऋण सापट तथा स्थानीयको पहलमा संकलन भएको करिव १८ लाख रकम उपचारमा खर्च भइसकेको छ ।
गंगाका श्रीमान एक वर्षदेखी श्रीमतीको उपचारमा खटिँदा त्यही ज्यालादारीको काम पनि राम्रोसँग गर्न पाएका छैनन् । काममा जान पनि नपाउने आम्दानीको श्रोत केही नभएको उनी बताउँछन् । डाक्टरको भनाई अनुसार जेठ ७ गते पुनः अपरेसन गर्नुपर्ने र सोको लागी आफुहरुसँग उपचार खर्च नभएकाले आम मनकारी मानुभावहरुलाई सहयोगको लागी आव्हान गरेको उनीहरुले बताए ।
गंगाका अनुसार आफूसँग भएको धन सम्पती सबै उपचारमा सकिएकोे र ७ गते आईतबार अप्रेसन गर्नुपर्ने भएकाले देश बिदेशमा रहेका संपूर्ण नेपालीहरुलाई सहयोगको लागी आव्हान गरेकी छन् । उनले आव्हानसँगै आफू बाँच्न चाहेको पनि बताएकी छन् ।
गंगा गुरुङ्गको सहयोगकोलागी प्रभु बैंकको खाता नं ००५००३८२०१४०००१२,मा गंगा गुरुङको कै नाममा रहेको खातामा रकम जम्मा गरी सहयोग गर्न पीडित परिवारले याचना गरेका छन् ।
सम्पर्क नं ९७६५५१६००० र ९८४८२२२९०८ मा सम्पर्क गर्न पनि सक्नुहुने छ । तपाँईहरुको सानो सहयोगले कसैको जिवन जोगिन्छ र बच्चा बच्चीले आमा पाउनेछन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ