उपचारका लागि तड्पिएकी क्यान्सर पीडित गंगाद्वारा सहयोगको याचना


उपचारका लागि तड्पिएकी क्यान्सर पीडित गंगाद्वारा सहयोगको याचना

नेपालगन्ज ४ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा डेरा गरी बस्ने ४३ वषीर्य गंगा गुरुङ्ग पेटको क्यान्सरबाट ग्रसीत हुँदा आर्थिक अभावमा उपचारका लागि तड्पिएकी छिन् ।

उनको हाल बिपी कोईराला मेमोरीएल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेकोे एक वर्ष जती भएको छ । गुरुङ्गका पति सामान्य मजदूरी काम गर्ने भएकाले पर्याप्त रकम अभावमा उपचार प्रभावित भएको छ ।

सरकारले दिने पैसा पनि खर्च भइसकेको र आफुहरुसँग पनि थप उपचारका लागि पैसा नहुँदा समस्या उत्पन्न भएको गंगाका पति मनु गुरुङ दुखेसो पोख्छन् । आफ्नो ज्यालादारीको कामले बालबालिका एकातिर पालनपोषणमा समस्या छ भने अर्कोतिर श्रीमती बचाउन चुनौती भएको उनको गुनासो छ । ऋण सापट तथा स्थानीयको पहलमा संकलन भएको करिव १८ लाख रकम उपचारमा खर्च भइसकेको छ ।

गंगाका श्रीमान एक वर्षदेखी श्रीमतीको उपचारमा खटिँदा त्यही ज्यालादारीको काम पनि राम्रोसँग गर्न पाएका छैनन् । काममा जान पनि नपाउने आम्दानीको श्रोत केही नभएको उनी बताउँछन् । डाक्टरको भनाई अनुसार जेठ ७ गते पुनः अपरेसन गर्नुपर्ने र सोको लागी आफुहरुसँग उपचार खर्च नभएकाले आम मनकारी मानुभावहरुलाई सहयोगको लागी आव्हान गरेको उनीहरुले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गंगाका अनुसार आफूसँग भएको धन सम्पती सबै उपचारमा सकिएकोे र ७ गते आईतबार अप्रेसन गर्नुपर्ने भएकाले देश बिदेशमा रहेका संपूर्ण नेपालीहरुलाई सहयोगको लागी आव्हान गरेकी छन् । उनले आव्हानसँगै आफू बाँच्न चाहेको पनि बताएकी छन् ।

गंगा गुरुङ्गको सहयोगकोलागी प्रभु बैंकको खाता नं ००५००३८२०१४०००१२,मा गंगा गुरुङको कै नाममा रहेको खातामा रकम जम्मा गरी सहयोग गर्न पीडित परिवारले याचना गरेका छन् । 

सम्पर्क नं ९७६५५१६००० र ९८४८२२२९०८ मा सम्पर्क गर्न पनि सक्नुहुने छ । तपाँईहरुको सानो सहयोगले कसैको जिवन जोगिन्छ र बच्चा बच्चीले आमा पाउनेछन् ।