चलचित्र संघ बाँकेको दोस्रो वार्षिक उत्सवमा दुई जना सम्मानित


चलचित्र संघ बाँकेको दोस्रो वार्षिक उत्सवमा दुई जना सम्मानित

नेपालगन्ज ६ जेठ : चलचित्र पत्रकार संघ, नेपाल बाँके शाखाको दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा बाँकेका दुई जनालाई सम्मान गरिएकोछ । संघले वरिष्ठ निर्देशक कैलाश प्रवीण तथा चलचित्र पत्रकार ज्ञानुसंगम खड्कालाई सम्मान गरेको छ ।

संघले नेपालमा पहिलोपटक नेपाली गीतलाई क्यासेटमार्फच बजारीकरण र नेपालमा पहिलो अवधि भाषमको चलचित्र निर्देशन गरेको भन्दै निर्देशक प्रवीणलाई विशेष सम्मान गरेको हो । भने पत्रकारिताको माध्यबाट नेपाली चलचित्र तथा कला क्षेत्रमा पु¥याएको योगदानलाई मूल्यांकन गर्दै पत्रकार खड्कालाई दुई हजार एक सय रुपैयाँ नगदसहित कदर पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलगातयले उनीहरुलाई दोसल्ला, ढाका टोपी, माला, नगदसहित अबिर लगाउँदै सम्मानित गरेका थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋृषि चौलागाईले चलचित्र पत्रकारिताले मोफसलमा नयाँ विद्या ल्याएको बताए । नेपाली चलचित्र र पत्रकारिताको ईतिहासलाई सम्झँदै उपाध्यक्ष चौलागाईले चलचित्र क्षेत्रका लागि खटिएका व्यक्तिहरूको कथा, आरोह अवरोहलाई पत्रकारले उठान गर्न आवश्यक रहेको बताए ।

विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले संघले नेपाली चलचित्र र कलाका क्षेत्रमा गरेको कार्य सराहनीय रहेको उल्लेख गरे । यस्तै वरिष्ठ कलाकार श्यामानन्द सिंह तथा सम्मानित निर्देशक कैलास प्रवीणले चलचित्रका क्षेत्रमा आफूहरूको समय, सुरूवात र अवस्थाका बारेमा जानकारी गराए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँकेमा चलचित्र विद्यामा कलम चलाउने कार्यलाई निरन्तरता दिएकोमा धन्यवाद दिए । उनले कलाकारको जमघट, चलचित्र प्रतिको जागरुकता र सक्रियतालाई पर्यटनसँग जोडनुपर्ने बताउँदै अध्यक्ष ओलीले यहाँका विभिन्न ठाउँमा रहेका छायांकन स्थलहरूको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायाले पछिल्लो समय संघको क्रियाशीलता निकै बढेको भन्दै संघ एकीकृत रूपमा अघि बढेको धारणा राखे ।

क्रियाशील महिला पत्रकार संघ बाँकेको अध्यक्ष सावित्री गिरीले चलचित्र विद्या मनोरञ्जनको विद्या भएको र यसमा जसले हाम्रो कला संस्कृति हो र यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बुझ्नु पर्ने बताइन् ।

यसैगरी बागेश्वरी सिनेमाजका प्रबन्धक सञ्जिव शाक्यले संघको साथ सहयोग अतुलनीय रहेको बताउँदै संघको सकृयताले दर्शकहरु सिनेमा घरमा आउने थालेको धारणा राखे । कार्यक्रमा संघका उपाध्यक्ष समीरमान श्रेष्ठले स्वागत भनाई राखेका थिए भने कार्यक्रम सहसचिव लक्ष्मि तिमिल्सेनाले सञ्चालन गरेकी थिइन् ।