भवन बन्यो, उपकरण छैन सेवा प्रभावित


भवन बन्यो, उपकरण छैन सेवा प्रभावित

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गएको फागुनदेखि डाक्टरविहीन अवस्थामा छ । केन्द्रमा कार्यरत एक जना डाक्टरको फागुनमा सरुवा भएसँगै केन्द्र डाक्टरविहीन भएको हो । डाक्टर नै नहुँदा केन्द्रमा उपचारका लागि आउने विरामीले उचित प्रभावकारी सेवा पाउन सकेका छैनन् । यहाँको सेवा भगवान भरोशे चलिरहेको छ ।

विगतमा भौतिक संरचनाको अभावमा उचित उपचार नपाएर समस्या झेल्दै आएका यहाँका नागरिक अहिले भौीतक संरचना निर्माण भएपनि आबश्यकता अनुसारका चिकित्सक र उपकरणको अभावमा उपचारबाट बञ्चित भइरहेका छन् ।

प्रसुतिका लागि स्वास्थ्य केन्द्र जाने महिलाले समेत एकदमै सास्ती पाउने गरेको स्थानीय बताउँछन् । स्थानीयले सुत्केरी महिलाले जोखिममा बच्चा पाउने गरेको पनि गुनासो गरेका छन् ।

नयाँ भौतिक संरचना निर्माण भएपनि आवश्यक पुर्वाधार र उपकरण र फर्निचरको भवन अभावमा विरामीले प्लास्टिकले छाएको बर्थिङ सेन्टर लगायत स्थानीयको भाडाको भरमा जेनतेन उपचार पाएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र शाह बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कम्पनीको लापरबाही र जनस्वास्थ्य कार्यालयको उदासिनताले लामो समयदेखि निर्माण पुरा हुन सकेको थिए ।
अहिले उक्त भवन निर्माणपछि ठेकेदार कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरिसकेको शाहले बताए ।

उनकाअनुसार भौतिक संरचना पालिकालाई हस्तान्तरण भइसकेपनि केन्द्रमा आबश्यक उपकरण, जनशक्ति लगायतको व्यवस्थापनमा गाउँपालिका समेत उदासिन रहेको छ ।

यहाँको बर्थिङ सेन्टरको अवस्था पनि दयनिय छ । सुत्केरी गराउँन एकदमै समस्या भएपनि केन्द्रमा कार्यरत कर्मचारी समेत बर्थिङ सेन्टर सुधार र व्यवस्थित गर्न सक्रिय देखिएका छैनन् । नरैनापुरमा नत गतिलो स्वास्थ्य केन्द्र नै छ नत अप्ठारो परेको बेला एम्बुलेन्स नै आउँछ नन्कु गोडियाले भने ‘सामान्य उपचारका लागि पनि यहाँका नागरिक भारतीय बजार धाउनुको विकल्प छैन् ।’

एमबीबीएस डाक्टरको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मी बस्न समेत अटेर गर्दै आईरहेको स्थानीय बताउँछन् ।
जर्बरजस्ती कसैलाई पठाएपनि त्यहाँ चिकित्सक धेरै समय बस्न मान्दैनन् गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भने ‘नरैनापुर विकट भएकै कारण डाक्टर र स्वास्थ्यकर्मी बस्न नमान्ने गरेका हुन् ।’

गाउँपालिका अध्यक्षकै उदािसनता र लापरवाहीका कारणले पनि अहिले पनि उक्त केन्द्र डाक्टरविहीन छ  । अहिले उक्त केन्द्र सामान्य स्वास्थ्यकर्मीकै भरमा चल्दै आएको छ । ‘नरैनापुर केन्द्रमा समस्या छ तर, विकल्प पनि छैन,।’ तर समस्या समाधानका लागि पहल भइरहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उक्त भवन तीन करोड ४० लाख लागतमा निर्माण भएको हो ।