नेपालगन्ज १० जेठः भेरी अस्पताल विकास समितिका पदाधिकारीको बिदाई गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु सरस्वती मल्ल, कृष्ण प्रसाद श्रेष्ठ र धनराम ओलीलाई बुधबार एक कार्यक्रमकाबीच बिदाई गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई विदाई गरे । सोक्रममा उनले अस्पताल विकास समितिले अस्पतालको बृद्धि विकासका लागि खेलेको भूमिकाको खुलेर प्रंशसा गरे ।
‘कैयौं अस्पताल विकास समितिको ध्यान आफ्ना कार्यकर्ता भर्ती गर्नतर्फ केन्द्रित भएको मैले आफै देखेकोछु’ उनले अगाडी थपे–‘समितिले सधैं अस्पताल विकासको सवालमा काम गरेको पाइयो । त्यसैले पनि अस्पतालको अवस्था यहाँसम्म आएको हो ।’
भेरी अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ साल जेठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि नियुक्त गरेको थियो । उनीहरुको तीन वर्षीय कार्यकाल यहि जेठ १३ गते पूरा हुँदैछ ।
बिदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले अस्पतालको वृद्धि विकासका लागि ३६ महिनाको कार्यकालमा अस्पताल विकास समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले अस्पतालकै वृद्धि विकासका लागि अस्पताल विकास समितिको ५० पटक बैठक बसेको पनि जानकारी दिए ।
उनले यो अबधिमा डाक्टर प्रकाश थापा, डाक्टर बीरेन्द्र बहादुर चन्द र डाक्टर बद्री चापागाईं गरी तीन जना मेसुसंग समन्वय र सहकार्य गरेर काम गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे ।
अस्पताल स्थापनाको १३१ वर्षपछि पहिलो पटक समितिले स्थापना दिवस मनाउने कार्यको सुभारम्भ गरेको जानकारी दिदैँ उनले अस्पतालको स्तरोन्नति र विकासमा सकेसम्म नीतिगत तहमा दबाब दिने काम गरेको उल्लेख गरे ।
भेरी अस्पताललाई बिशिष्टिकृत अस्पताल भनिएपनि जनशक्तिको अभाव चरम रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएकोछ । भेरीमा अझैँ एक हजार ३ सय ७६ जना कर्मचारी आवश्यक रहेकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर पोख्रेलले इमर्जेन्सी कक्ष स्तरोन्नती तथा स्थानान्तरण कार्यक्रममा सहभागी भएकाले त्यहीँ मौका छोपेर औपचारिक कार्यक्रमका बीच उनीहरुको बिदाई गरिएको अस्पतालले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ