डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा


डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा

डुडुवा १२ जेठ : बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हालेकाछन् ।

स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवानिबृत्त भएपछि बिहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हालेका हुन् ।

बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता ब्यक्तगरे ।

३७ वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गरेका बुढा डुडुवामा ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा विशेष योगदानका साथकाम गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख लक्ष्य र योजनाका साथ बुढालगायतको समुहको उल्लेख्य भुमिका रहेको थियो । डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरि अग्रस्थानमा रहेको छ ।

सेवानिबृत्त बुढालाई गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुको समुहले एक कार्यक्रमकाविच विदाई गरेको छ । कार्यक्रममा बुढालाई फुलमाला अविर लगाएर ससम्मानका साथ विदाई गरेका हुन् ।