डुडुवा १२ जेठ : बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हालेकाछन् ।
स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवानिबृत्त भएपछि बिहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हालेका हुन् ।
बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरीक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता ब्यक्तगरे ।
३७ वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गरेका बुढा डुडुवामा ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा विशेष योगदानका साथकाम गरेका थिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख लक्ष्य र योजनाका साथ बुढालगायतको समुहको उल्लेख्य भुमिका रहेको थियो । डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरि अग्रस्थानमा रहेको छ ।
सेवानिबृत्त बुढालाई गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुको समुहले एक कार्यक्रमकाविच विदाई गरेको छ । कार्यक्रममा बुढालाई फुलमाला अविर लगाएर ससम्मानका साथ विदाई गरेका हुन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ