नेपालगन्ज १४ जेठ : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरका ६ जना महिलामा क्यान्सर पोजेटिभ पाइएकोछ ।
परसपुरका १८० जना महिलाको पाठेघर परीक्षण गर्दा ६ जना महिलामा क्यान्सर पोजेटिभ पाइएको हो । भने अन्य १३ जना महिलामा पाठेघर खस्ने समस्या भेटिएकोछ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर इन्द्रनिल घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले पाठेघर परीक्षण गर्दा उक्त समस्याबाट ग्रसित महिला फेला परेका हुन् ।
समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न नेपालगन्ज उपमहानगरपालिकाद्वारा आयोजित निःशुल्क शिविरमा आएका ती महिलामा क्यान्सर पोजेटिभ पाइनुका साथै पाठेघर खस्ने समस्याबाट ग्रसित महिलालाई थप उपचारका लागि रिफर समेत गरिएकोछ ।
क्यान्सर ‘पोजेटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरिएको हो । पाठेघरको क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने हुन्छ ।
कान्ति आरोग्य अस्पतालकी निर्देशक डाक्टर रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्था बारेमा बेला–बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण गर्नमा जोड दिइन् ।
नेपालगन्जको वडा २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको नगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ