डुडुवामा रक्तदान महादान अभियन शुरु हुँदै


डुडुवामा रक्तदान महादान अभियन शुरु हुँदै

डुडुवा (बाँके) १५ जेठः बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गर्न लागेको छ । मानवको जिवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीले भने–‘रगतको व्यवस्थागर्न दैनिक सेवाग्राहीको फोन आउँछ, तर गाउँपालिकासँग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गर्न लागेको छु ।’

गाउँपालिकाले यही जेठ १७ गते बृहत रक्तदान कार्यक्रम मार्फत उक्त अभियान शुरु गर्न लागेको छ । गाउँपालिका भित्र गरिब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने रक्तदान कार्यक्रम सयोजक कौशलकुमार कैरातीले बताए ।

उनका अनुसार बृहत रक्तदान कार्यक्रममा बढी भन्दा बढी मनिसहरुको रगत संकलनका लागि व्यापक रुपमा प्रचारप्रसार, माइकिङ्ग लगायतका कार्यक्रम भईरहेको छ । रक्तदान कार्यक्रममा युवा, युवती, महिला, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी स्थानीयलगायत सबैको सहभागिता गराइनेछ ।

‘रगत तथा प्लाज्मा नियमित रुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ।’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको छ । गउँपालिका वडा नम्बर–३ बनकट्टी स्थित नयाँ प्रशासनिक भवनको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जनचेतनाको अभावमा अझै पनि अधिकाँस नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।