डुडुवा (बाँके) १७ जेठ : डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने–‘रगतको व्यवस्थागर्न दैनिक सेवाग्राहीको फोन आउँछ, तर गाउँपालिकासँग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गरेको छु ।’
गाउँपालिकाले बुधबार गरेको बृहत रक्तदान कार्यक्रममा एक सय २५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताऐ । उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला, शिक्षक, विद्यार्थी, स्थानीयलगायतले रक्तदान गरेका हुन् ।
रक्तसञ्चार केन्द्र, ब्लड बैंक कोहलपुरका प्रमुख राजेन्द्र महतराको नेतृत्वमा ५ प्राविधिक, गाउँपालिकाका स्वास्थ्यकर्मी लगायतले सहयोग गरेका गिए । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजका मनमोहन बर्मा, माधवराम बर्मा, पवन जायसवाल, भिष्म लोध लगायतले सहयोग गरेका थिए ।
गाउँपालिकाभित्र गरिब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रम मार्फत रगत संकलन गर्नेछ । गाउँपालिकाको नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गरिएको हो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ