नेपालगन्ज १८ जेठ : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह गाउँका आगलागी पीडितलाई राहत सामाग्री प्रदान गरिएकोछ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर–१ कार्यसमितिले बिहीबार जमुनाह गाउँका १३ घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको हो ।
काँग्रेस क्षेत्रीय सभापति पोषण केसी नेतृत्वमा गएको टोलीले आगलागी पीडीत १३ घरपरिवारलाई उक्त राहत सामाग्री प्रदान गरेकोछ ।
राहत सामाग्री स्वरुप प्रति परिवार २५ किलो चामल २ किलो, दाल १ किलो र एक लिटर खाने तेल वितरण गरिएको क्षेत्रीय सभापति केसीले जानकारी दिए ।
गत जेठ १४ गते दिउँसो १२ बजेको समयमा स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत १३ जनाको घर र फकिरे खाँको गोठमा आगलागी हुँदा पूर्ण क्षति भएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगन्जको दमकल र स्थानीयहरूको सहयोगमा तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ