काँग्रेस क्षेत्र नम्बर–१ द्वारा आगलागी पीडित जमुनाह गाउँका १३ घरपरिवारलाई राहत वितरण


काँग्रेस क्षेत्र नम्बर–१ द्वारा आगलागी पीडित जमुनाह गाउँका १३ घरपरिवारलाई राहत वितरण

नेपालगन्ज १८ जेठ : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह गाउँका आगलागी पीडितलाई राहत सामाग्री प्रदान गरिएकोछ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–१ कार्यसमितिले बिहीबार जमुनाह गाउँका १३ घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको हो ।

काँग्रेस क्षेत्रीय सभापति पोषण केसी नेतृत्वमा गएको टोलीले आगलागी पीडीत १३ घरपरिवारलाई उक्त राहत सामाग्री प्रदान गरेकोछ ।

राहत सामाग्री स्वरुप प्रति परिवार २५ किलो चामल २ किलो, दाल १ किलो र एक लिटर खाने तेल वितरण गरिएको क्षेत्रीय सभापति केसीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गत जेठ १४ गते दिउँसो १२ बजेको समयमा स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत १३ जनाको घर र फकिरे खाँको गोठमा आगलागी हुँदा पूर्ण क्षति भएको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगन्जको दमकल र स्थानीयहरूको सहयोगमा तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।

थप समाचार

आगलागीबाट जमुनाहा गाउँका ११ घर जलेर नष्ट