नेपालगन्ज उच्च बारको नेतृत्वमा शाही


नेपालगन्ज उच्च बारको नेतृत्वमा शाही

नेपालगन्ज २० जेठ : नेपालगन्ज उच्च अदालत बार एसोसिएशनको अध्यक्षमा चित्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । योसंगै बार एशोसियशनको आगामी दुई वर्षे कार्यकालको नेतृत्व शाहीले गर्ने भएकाछन् ।

बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका अधिवक्ता शाहीले निकटतम् प्रतिद्वन्द्वी चित्रबहादुर केसीलाई फराकिलो मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’का तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका केसीलाई शाहीले एक सय १७ मतान्तरले पराजित गरे । शाहीले एक सय ४५ मत पाउँदा केसीले जम्मा २८ मत प्राप्त गर्दा अर्का प्रत्यासी भुवनकृष्ण श्रेष्ठले ४ मत पाए ।

उच्च अदालत बार एशोसियशन नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । कुल २ सय १४ मतमा एक सय ८४ मत खसेको थियो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपालगन्जस्थित जिल्ला अदालतको प्राङ्गणमा रहेको बार एशोसियशन भवनमा शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । अन्तिम मतदान ३ बजेर ५५ मिनेटमा वरिष्ठ अधिवक्ता सुशील लाखेले गरेका थिए । मतदान सम्पन्न भएसँगै मतगणना गरिएको थियो ।

यस्तै उपाध्यक्षमा तिर्थराज ज्ञवाली एक सय ५१ मत प्राप्त गर्दै विजयी बने उनका निकटतम प्रतिद्वन्द्वी ओम प्रसाद मानन्धरले २५ मत प्राप्त गरे । सचिवमा शाहीकै प्यानलका गणेश प्रसाद शर्मा विजयी भए । उनले एक सय ४५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कुम्भराज मिश्रले ३१ मत प्राप्त गरे ।

यसैगरी सदस्यहरुमा शाहीकै प्यानलका सतीषचन्द्र थारुले एक सय ३६ मत, हिरा बहादुर श्रेष्ठले १४७ मत, पूर्णप्रसाद ढकालले एक ५१ मत, रिजवान अहमद मिर्जाले एक सय ५९ मत, हरिशचन्द्र सिजापतिले एक सय ५३ मत, विरेन्द्र कुमार बस्नेतले एक सय ५४ मत, जयराज जैसीले एक सय ४९ मत र जयराम थारुले एक सय ५७ मत प्राप्त गर्दै विजयी बने ।

यसअघि शाही नेतृत्वको समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) मा निर्विरोध निर्वाचित भईसके प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीले जानकारी दिए ।

निर्वाचनका लागि ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ र ‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुह मैदानमा उत्रिएका थिए ।

बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र सम्वद्ध आरपिएलए लगायत संगठनहरु आवद्ध छन् ।

‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेको बताइएको छ ।

थप समाचार

बार निर्वाचन : एक सय ८४ मत खस्यो, मतगणना कार्य सुरु