नेपालगन्ज २७ जेठ : अत्यधिक गर्मी बढेसँगै बर्दियाका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् ।
गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको पालिकाहरूले जनाएका छन् ।
बर्दियाको बाँसगढी नगरपालिका, बर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँ पालिकाले विद्यालय बन्द गरेका हुन् । ती पालिकाका शिक्षा शाखाले अत्यधिक गर्मीका कारण बालबालिकाहरू बिरामी पर्न नदिन र गर्मीबाट जोगाउन विद्यालय बन्द गर्नु परेको जनाएका छन् ।
जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्रबहादुर शाहीले जानकारी दिए ।
पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४१ डिग्री र त्यो भन्दा माथि मापन हुन थालेको छ । जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ । यसैबीच, गर्मी बढ्दै गएपछि बाँकेका विद्यालयहरुको बिदा लम्ब्याइएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ