गर्मी बढेपछि बर्दियाका अधिकांश विद्यालय बन्द


गर्मी बढेपछि बर्दियाका अधिकांश विद्यालय बन्द

नेपालगन्ज २७ जेठ : अत्यधिक गर्मी बढेसँगै बर्दियाका विभिन्न पालिकाहरूले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरेका छन् ।

गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको पालिकाहरूले जनाएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका, बर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँ पालिकाले विद्यालय बन्द गरेका हुन् । ती पालिकाका शिक्षा शाखाले अत्यधिक गर्मीका कारण बालबालिकाहरू बिरामी पर्न नदिन र गर्मीबाट जोगाउन विद्यालय बन्द गर्नु परेको जनाएका छन् ।

जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्रबहादुर शाहीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४१ डिग्री र त्यो भन्दा माथि मापन हुन थालेको छ । जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ । यसैबीच, गर्मी बढ्दै गएपछि बाँकेका विद्यालयहरुको बिदा लम्ब्याइएकोछ ।