नेपालगन्ज २९ जेठ : अच्युतराज सुबेदी स्मृति प्रतिष्ठान नेपालद्वारा बृहत रक्तदान कार्यक्रम गरिएकोछ ।
प्रतिष्ठानद्वारा आयोजित बृहत रक्तदानमा ३८ जना रक्तदाताले रक्तदान गरेको प्रतिष्ठानकी फाण्डर मालती शर्माले जानकारी दिइन् ।
भेरी अस्पताल नेपालगन्जमा रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा भएको उक्त रक्तदानमा यम्पी इन्टरप्राइजेज एण्ड सेटलमेन्ट प्रालि, लियो क्लब अफ नेपालगन्ज बजार तथा डोनर ग्रुप नेपालगन्जले सहकार्य गरेका थिए ।
फाण्डर शर्माका अनुसार रक्तदानपश्चात नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको काञ्जी हाउसमा रहेका पुशचौपायाका लागि ३ क्विन्टल खाद्यान्न(पशु आहारा) तथा ५० केजी भेली (गुड) प्रदान गरिएको हो ।
चर्को गर्मीमा आहाराको अभावबाट ग्रसित काञ्जी हाउसका पशुचौपायाको आहारालाई केही भएपनि मद्दत पुगोस भन्ने उद्देश्यले उपलब्ध गराइएको फाउण्डर शर्माले जानकारी दिइन् ।
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’