अच्युतराज सुबेदी स्मृति प्रतिष्ठानद्वारा बृहत रक्तदान


अच्युतराज सुबेदी स्मृति प्रतिष्ठानद्वारा बृहत रक्तदान

नेपालगन्ज २९ जेठ : अच्युतराज सुबेदी स्मृति प्रतिष्ठान नेपालद्वारा बृहत रक्तदान कार्यक्रम गरिएकोछ ।

प्रतिष्ठानद्वारा आयोजित बृहत रक्तदानमा ३८ जना रक्तदाताले रक्तदान गरेको प्रतिष्ठानकी फाण्डर मालती शर्माले जानकारी दिइन् ।

भेरी अस्पताल नेपालगन्जमा रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा भएको उक्त रक्तदानमा यम्पी इन्टरप्राइजेज एण्ड सेटलमेन्ट प्रालि, लियो क्लब अफ नेपालगन्ज बजार तथा डोनर ग्रुप नेपालगन्जले सहकार्य गरेका थिए ।

फाण्डर शर्माका अनुसार रक्तदानपश्चात नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको काञ्जी हाउसमा रहेका पुशचौपायाका लागि ३ क्विन्टल खाद्यान्न(पशु आहारा) तथा ५० केजी भेली (गुड) प्रदान गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

चर्को गर्मीमा आहाराको अभावबाट ग्रसित काञ्जी हाउसका पशुचौपायाको आहारालाई केही भएपनि मद्दत पुगोस भन्ने उद्देश्यले उपलब्ध गराइएको फाउण्डर शर्माले जानकारी दिइन् ।