नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी
नेपालगन्ज ३ असार : ४३ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगन्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आईतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगन्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।
घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्काे रुपमा नाराबाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्काे गर्मीमा सडकमैं सुतेर बिरोध जनाएका छन् । स्थानीयले गत जेठ ११ गते बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुखलाई विद्युत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर, माग सुनुवाई नभएको उनीहरुको भनाइ छ ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्थानीय करिस्मा योगीले नेपाल बिद्युत प्राधिकरणले गर्मीयाममा बिद्युत सेवा अनियमित गरी अपराधजन्य काम गरिरहेको टिप्पणी गरिन् ।
यस्तै स्थानीय युवा प्रकाश कुवँरले गैरजिम्मेवार बिद्युतबिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताए । नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोग्नुपरेको बताए ।
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि बिद्युत कार्यालयले काम गरिरहेको बताए । ज्ञापनपत्रमा नेपालकै बढी गर्मी हुने सहरमध्येको नेपालगन्जका स्थानीयबासी बिद्युत अनियमित हुँदा दुःख पाएको उल्लेख छ ।
नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी
यसैबीच, नेपालगन्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।
केहीदिन यता नेपालगन्जको तापक्रम बढेर हालसम्मकै उच्च ४२.५ डिग्री सेल्सियससम्म पुगेको र तातो हावा लु का कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जले शनिवार र आईतबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
सो कार्यालयका मौसम अवलोकनकर्ता रिमझिम केवटका अनुसार शनिवार र आईतबार नेपालगन्जको तापक्रम ४२.५ डिग्री मापन गरिएको छ । केवटले यो तापक्रम यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाउँदै गत वर्ष यो समयमा नेपालगन्जको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको बताए ।
उनले यो वर्ष गत वर्षभन्दा पनि बढी गर्मी भएको जनाउँदै, अब केही दिनमै पानी पर्ने र तापक्रम ओरालो लाग्ने सम्भावना रहेको बताए । तापक्रम बढ्दै जाँदा गर्मी अत्यधिक बढेकाले नेपालगन्ज बजार दिउँसो सुनसान देखिएको छ ।
काम विशेषले घरबाट बाहिर निस्कएका नेपालगन्ज–१८ का रवि चौहानले गर्मीका कारण सडकमै बेहोस भएर ढल्न लागेको बताए । साथीले उखुको जुस र पानी खुवाएपछि स्वास्थ्य नर्मल भएको बताए ।
अत्यधिक गर्मी र तातो हावा लु का कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले बताएका छन् । असाध्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालय प्रभावित भएका छन् ।
गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्ति अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगन्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।
विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले दिनरात नभनि विद्युत् नियमित गर्ने कार्यमा आफूहरु खटिएको बताए । अथक प्रयास गर्दा पनि विभिन्न प्राविधिक कारणले सोचेजस्तो गर्न नसकिएको जनाए ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य