नेपालगन्ज ५ असार : तातो हावाको लहर सबै वर्ग समुहलाई हुने भएकोले जोखिमलाई कम गर्न जनचेतना अभिबृद्धि नै उत्तम उपाय हो । यसका लागि स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने शिक्षकहरुले बताउँनछन् ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका सामुदायिक र मदरसाहरुमा तातो हावा (लू) जोखिम न्यूनिकरण सम्बन्धित अभिमुखिकरणका क्रममा उक्त कुरामा जोड दिएका हुन् ।
तापक्रम बृद्धि हुनसाथ नगरभित्रका विद्यालय बन्द भइ हाल विहानको समयमा सञ्चालन भइरहेका छन् ।
तातो हावाको लहर (लु) को जोखिमबाट बच्न अहिले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नगरभित्रका २० सामुदायिक विद्यालय र मदरसाहरुमा जनचेतनामुलक गतिविधि सञ्चालन गरिरहेको नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले बताए । उनले देशकै सबभन्दा बढी गर्मी हुने शहर नेपालगन्जमा रेडक्रसले ‘हिटवेभ’ सम्बन्धी नमुना कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
अभिमुखीकरणका क्रममा तातो हावाको लहरले गर्दा हुने विरामीका संकेतहरु कसरी पहिचान गर्ने, बृद्धि मानिसहरुलाई अत्याधिक गर्मीबाट कसरी सुरक्षित राख्ने, गर्मीमा के–के खानुपर्दछ, अत्याधिक गर्मीको जोखिम कसलाई हुन्छ, निर्माण कामदार र बालबालिकाहरुलाई अत्याधिक गर्मीबाट कसरी सुरक्षित राख्ने, तातो हावाको लहरबाट हुने मृत्युहरु रोकथाम र प्राथमिक उपचारको बारेमा सचेतिकरण गरिएको थियो ।
उक्त अभिमुखीकरणको सहजीकरण नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, लेखा अधिकृत झबीलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरिरहेकाछन् ।
गर्मीको समयमा तिर्खा नलागे पनि बेला–बेलामा पानी पिईरहनुपर्छ । शरीरमा पानीको मात्रा कम हुन दिनु हुदैन । घरभित्रै बस्नुपर्दछ । चिसो पानीले नुहाउने, खुकुलो र हलुका उज्यालो रंगको लुगा लगाउने तथा कफी, मध्यपान लगायतका पेय पदार्थ पिउनु हुँदैन । गर्मीको समय तथा लू चलेको बेला विशेषगरि बिहान ११ देखि दिउँसो ४ बजेसम्म सकभर घर बाहिर निस्कनु हुँदैन ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य