नेपालगन्ज ११ साउन : नेपालगन्ज नव निर्मित सिनेमा हल सिने रोयल आज देखि शुभारम्भ हुँदै छ । उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो ।
लक्जरी मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल आजदेखि शुभारम्भ हुन लागेको सिने रोयलका संचालक डा. राहुल थापाले बताए ।
यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल भएको थापाले बताए । यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फिल्म मन लाग्यो त्यहि हेर्न पाउने छन् ।
सञ्चालक थापाका अनुसार, करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ । यो हलमा बस्ने सिट पनि एकदमै लक्जरी रहेका छन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व