नेपालगन्ज ११ साउन : नेपालगन्ज नव निर्मित सिनेमा हल सिने रोयल आज देखि शुभारम्भ हुँदै छ । उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो ।
लक्जरी मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल आजदेखि शुभारम्भ हुन लागेको सिने रोयलका संचालक डा. राहुल थापाले बताए ।
यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल भएको थापाले बताए । यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फिल्म मन लाग्यो त्यहि हेर्न पाउने छन् ।
सञ्चालक थापाका अनुसार, करिब २५ करोड लागतमा निर्माण सम्पन्न भएको सिने रोयलमा लक्जरी २ सय ५० जना क्षमताका दुई वटा हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको एउटा हल रहेको छ । यो हलमा बस्ने सिट पनि एकदमै लक्जरी रहेका छन् ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं