नेपालगन्ज : भेरी अञ्चल अस्पतालको नाम परिवर्तन भएको छ । तीन दशकदेखि अञ्चल अस्पतालका रूपमा चलिरहेको अस्पतालको नाम अबदेखि भेरी प्रादेशिक अस्पताल बाँके भएको अस्पतालका निमित्त प्रमुख डाक्टर रूपानन्द अधिकारले जानकारी दिए ।
उनकाअ नुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरि नाम परिवर्तनका लागि परिपत्र गरिसकेको छ । उनले भने ‘उक्त निर्णय अनुसार अस्पतालले केही दिमै नाम परिवर्तन गर्दैछ ।’ यसअघि सरकारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई पाँच सय शैयामा विस्तार गर्न र अस्पताललाई ट्रसरी अस्पताल बनाउन प्रक्रिया अगाडि बढाई सकेको छ ।
बहुविशेषज्ञ ट्रसरी अस्पताल केन्द्रीय अस्पतालका रूपमा केन्द्र सरकार मातहतमा सञ्चालन हुनेछन् । प्रदेश तहमा ठूला अस्पताल र प्रर्याप्त विशेषज्ञ जनशक्ति अभावमा सामान्य रोगको उपचारका लागि पनि अहिले सीमित ठूला सहर र केन्द्रमै धाउनुपर्ने बाध्यता छ । भेरी अञ्चल अस्पताललाई ५ सय बेडको बनाउने प्रस्ताव २५ कात्तिकमा स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट भएको थियो ।
उक्त अस्पताललाई प्रदेशस्तरीय ट्रसरी अस्पताल बनाउने प्रस्ताव ३ मंसिरमा स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट स्वीकृत भएको अस्पतालका निमित्त प्रमुख डाक्टर अधिकारीले जानकारी दिए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?