अस्पतालका मेसु रायमाझी र अध्यक्ष शाह विरुद्ध अख्तियारमा उजुरी

आर्थिक प्रलोभनमा मेडिकल अधिकृतको रिजल्ट निकालेको आरोप, एमडी पढेकालाई फेल गराई एमबिबिएस पढेकालाई पास


सेतोखरी सेतोखरी   बिहीबार, असोज ११, २०८०
अस्पतालका मेसु रायमाझी र अध्यक्ष शाह विरुद्ध अख्तियारमा उजुरी

भेरी अस्पतालमा बेतिथी —२

बिशेष सम्बाददाता 
नेपालगन्ज ११ असोज : भेरी अस्पतालका मेसु डा.पवनजंग रायमाझी र भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आर्थिक प्रलोभनमा परी मेडिकल अधिकृत नियुक्ती प्रकृया मिचेर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी परेको हो ।
मेसु डा. रायमाझी  अध्यक्ष शाहले डा संकेत रिसाल सहित मिलेर आफ्ना मान्छेलाई मेडिकल अधिकृतमा नियुक्त गर्ने प्रकृया पुरा गर्नका लागि मात्रै परिक्षा लिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
तीन जना मेडिकल अधिकृत नियुक्त गर्दा अध्यक्ष शाह र मेसु रायमाझीले  औपचारिकता पुरा गर्नका लागि मात्रै परिक्षा लिएको, आर्थिक चलखेल र राजनितिक आस्था, विचारका आधारमा उम्मेद्वार छनौट गरेकाले उजुरीमा खारेजीको माग गरिएको छ । 
मेडिकल अधिकृत, आठौं तहको ३ जनाको संख्याको लागि करार सेवा अन्र्तगत खुलेको विज्ञापनका लागि गरिएको उम्मेदवार छनोट प्रक्रिया निति नियमपूवर्क नभइ अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाह तथा मेडिकल सुपरिटेण्डेन्ट डा. पवनजंग रायमाझीले आफू खुशी आर्थिक चलखेल तथा राजनितिका आस्था  विचारका आधारमा उम्मेदवार छनोट गरेकाले उक्त विज्ञापन खारेज गरि दिन हुन अनुरोध गर्दछु । —असोज ७ अख्तियारमा दर्ता गरिएको उजुरीमा लेखिएको छ ।
नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तगर्त रहेको भेरी अस्पतालमा सामान्य परिक्षाको मापदण्ड किसिम लिखित परिक्षा, योग्य उम्मेदवारहरुको नामावली प्रकाशन तथा अन्तिममा अन्तरवार्ताको प्रक्रियालाई मिचेर विषय विज्ञ अस्पतालका विभागिय प्रमुखहरुको असहमति र उपस्थिति बिना नै भेरी अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाह तथा मेसी डा. पवनजंग रायमाझीले ठूलो मात्रामा आर्थिक चलखेल गरि उम्मेदवार छनौट गरेकाले दोषी उपर कारवाही गरि दिन हुन अनुरोध गर्दछु । —उजुरीको अर्को प्याराग्राफमा उल्लेख छ ।
प्रचलित कानुन, बिधि र प्रकृया अनुसार नेपाल सरकारको कुनै पनि कार्यालयले नयाँ कर्मचारी करारमा भर्ना गर्दा परिक्षा दिने मापदण्ड नै निर्धारण गरिएको हुन्छ । अन्र्तबार्तामा सम्बन्धित बिषयका बिज्ञ, जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका प्रतिनिधी र लोक सेवा आयोगका प्रतिनिधिलाई राख्ने गरिन्छ ।
तर भेरी अस्पतालले मेडिकल अधिकृत भर्ना गर्दा प्रशासन र लोकसेवा आयोगका प्रतिनिधि राख्नु त कता हो कता भेरी अस्पतालकै बिभागिय प्रमुखलाई समेत बाइपास गरेर जुनियर चिकित्सकलाई राखेर परिक्षा लिएको तथ्य सार्बजनिक भएको छ ।
जब कि भेरी अस्पतालबाट जिल्ला प्रशान कार्यालय कार्यालयको दुरी बढी एक सय मिटर मात्रै छ । अस्पतालमा बिधि र प्रकृया मिचेर काम हँुदा पनि जिल्ला प्रशासन कार्यालय बाँके भने रमिते बनको छ । प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले मैले पनि सुनेको छु तर उजुरी आएको छैन भनेर तर्किने गरेको एक चिकित्सकले बताए । 
परिक्षाको प्रकृया सुरु हुना साथ समितिबाट अस्पतालमा भर्ना भएका आठौ तहका मेडिकल अधिकृत डा.संकेत रिसालले मेरा दुई जना अध्यक्षको एक जना गरि तीन जनालाई अस्पतालमा नियुक्त गर्नका लागि परिक्षा लिइएको खुल्ला घोषणा गरेका थिए ।
अस्पतालको इमरजेन्सी बिभागमा कार्यरत एक चिकित्सक भन्छन् — नयाँ अध्यक्ष र मेसु आए पछि भेरीमा  नियम कानुन बिधि र प्रकृया भन्दा  डा संकेतले जे भन्छन् त्यहि हुने गरेको छ । परिक्षाको रिजल्टले पनि डा संकेतले जो जो पास हुन्छन् भनेका थिए तिनै पास भएका छन् ।
मेडिकल अधिकृतका लागि तोकिएको योग्यता भन्दा  एमबिबिएस उर्तिण  गरि मेडिकल काउन्सिल पास गरेको भन्ने थियो ।
तर एमबिबिएस भन्दा माथिल्लो तह एमडि गरेर करिब एक बर्ष स्वयम् सेवकको रुपमा भेरी अस्पताल मै काम गरेका  देखि इमरजेन्सी बिभागमा मै लामो समय काम गरेका अनुभबी डाक्टरलाई फेल गरिएको छ ।  भर्खरै एमबिबिएस पास गरेका इमरजेन्सी बिभागमा काम गरेको अनुभव नै नभएकाहरुलाई पनि पहुँच कै भरमा मेडिकल अधिकृतमा पास गरेर नियुक्तिका प्रकृया सुरु गरिएको भन्दै अस्पतालका बरिष्ट चिकित्सकहरुले कडा आपत्ती जनाएका छन् ।
मेडिकल अधिकृतमा पास भएका मध्ये डा निशान केसी अध्यक्षको कोटामा  र डा बिजय यादव,र डा जय किसान बर्मा डा संकेतको कोटामा  पास भएको स्रोतको दाबी छ । अध्यक्षको कोटामा पास भएका  डा निशान केसी नेपालगन्ज उप महानगर पालिकाका मेयर प्रशान्त बिष्टमा आफन्त हुन् । 
नेपाली काँग्रेसका युवा नेता एंव अस्पतालका अध्यक्ष शाह,  मेसु  रायमाझी र खुल्ले आम आफुलाई काँग्रेसी बताउने डा संकेत समुहका गतिबिधि र कार्यले  भेरी अस्पताललाई झनै भद्रगोल र अस्तब्यस्त  बनाएको भन्दै अस्पतालका बरिष्ठ चिकित्सकहरुले काँग्रेस पार्टीका जिल्ला तहका नेताहरुको ध्यानाकर्षण गराएका छन् । अस्पातलमा बिरामीहरुले पाउने सेवा र सुबिधाको गुणस्तर पहिले भन्दा निक्कै खस्किएको भन्दै सेवा ग्राहीहरुले सार्बजनिक रुपमै टिप्पणी गरेका छन् । 

Kids Festival 2022
kanti aarogya hospital