नेपालगन्ज १० चैत्र : मुक्तिनाथ बिकास बैक लिमिटेड शाखा कार्यालय कोहलपुर ले प्रोटेक्ट यूवोर मनी, सेक्युर यूवोर फ्युचर भन्ने नाराका साथ ग्लोबल मनी वीक २०२४ मनाएको छ ।
यस अवसरमा बैंकले कोहलपुर स्थित त्रिभुवन माविमा बिद्मालयमा अध्ययनरत बिद्मार्थीहरुबिच “चित्रकलाप्रतियोगिता” सम्पन्न गरेको हो ।
नगर शिक्षा प्रमुख रामबहादुर हमालको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा बिद्मालयका प्रअ देवका बस्नेत थापासहित अन्य शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
अन्तिम चरणमा १४ जना छात्र–छात्राबिच भएको प्रतिस्पर्धाको मूल्याङकन राजबिक्रम चन्द (बिक्रम शिशिर) ले गरेका थिए । भने बित्तिय साक्षरता तथा कार्यक्रमको सहजिकरण मुक्तिनाथ बिकास बैंक लिमिटेडका अनुगमन प्रमुख सुन्दर पौडेल र शाखा प्रमुख अशोक कोईरालाले गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ बिकास बंैक लिमिटेडले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त चित्रकला प्रतियोगितामा डानियल परियार प्रथम, आयुषकुमार वर्नवाल द्घितिय र गुराश चन्द ठकुरी तृतिय भए ।
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल