खुमबहादुर खड्काको वर्षौंपछि घुम्टो खोलिदैँ


सेतोखरी सेतोखरी   बिहीबार, चैत १५, २०८०
खुमबहादुर खड्काको वर्षौंपछि घुम्टो खोलिदैँ

नेपालगन्ज १५ चैत्र : नेपाली काँग्रेसका वरीष्ठ नेता स्वर्गीय खुमबहादुर खड्काको शालिकको घुम्टो वर्षौंपछि खोलिने भएकोछ ।

बाँके र दाङको सीमा क्षेत्र अमलिया चोकमा काँग्रेस नेता खड्काको शालिक निर्माण गरिएकोछ । नेता खड्काको शालिक निर्माण गरिएपनि वर्षौदेखि अनावरण नगरि रातो कपडाले छोपेर राखिएकोछ । त्यही रातो कपडाले छोपेर राखिएको नेता खड्काको शालिकको घुम्टो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोल्ने भएकाछन् । 

Kids Festival 2022
kanti aarogya hospital

शेरबहादुर देउवा खड्काको शालिकको घुम्टो खोल्न चैत्र १६ गते शुक्रबार दाङको अमलिया पुग्दैछन् । स्वर्गीय खुमबहादुर खड्काको प्रजातन्त्र ल्याउनमा र नेपाली काँग्रेसलाई यो उचाईमा पु¥याउन ठूलो योगदान रहेकोछ ।