नेपालगन्ज १६ चैत्र : दिसाजन्य लेदो ब्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० बाबाघाटमा निर्माण भएको अस्थायी ट्रेन्च केन्द्रबाट दिसाजन्य लेदोको व्यवस्थापन गरिने भएको हो ।
नगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले आज शुक्रबार सामुहिक उद्घाटन गरेपछि उक्त केन्द्र सञ्चालनमा आएको छ । अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएसगैं नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । योसगैं नेपालगन्जमा वर्षौंदेखिको दिसाजनय लेदो व्यवस्थापनको समस्या अन्त्य भएको हो ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताए । नगर प्रमुख विष्टले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम टरेको बताए ।
विष्टले भने–‘स्थायी ट्रेन्च केन्द्र बनाउनका लागि डम्पिंग साइट क्षेत्रमै डिपीआर भएर काम अगाडि बढेको छ, संघीय सरकारसंग पनि सहयोग मागेका छौं, आशा छ त्यो काम पनि छिट्टै सुरु हुनेछ ।’ अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उनले जानकारी दिए ।
२४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी केन्द्रको जग्गा पाँच बर्षका लागि लिजमा लिइएको छ । दुई विगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा खनिएका छन् ।
एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त केन्द्र निर्मण गरिएको हो ।
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?