अनेम संघ बाँकेको निर्वाचन सम्पन्न


सेतोखरी सेतोखरी   आइतबार, चैत १८, २०८०
अनेम संघ बाँकेको निर्वाचन सम्पन्न

नेपालगन्ज १८ चैत्र : अखिल नेपाल महिला संघ जिल्ला कमिटि बाँकेको सातौं अधिवेशन सम्पन्न भएकोछ । अधिवेशनले मिना ढकाल सुवेदीको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ । 

सर्वसम्मत रुपमा निर्वाचित महिला संघको उपाध्यक्षमा माया गौतम र कोपिला कडेँल, सचिवमा अनिता थापा, सहसचिवमा ज्ञानु सोनकार र कोषाध्यक्षमा सायरा बानो निर्वाचित भएकाछन् । संघले ६१ सदस्यीय कार्यसमिति गठन गरेको नवनिर्वाचित सचिव थापाले जानकारी दिइन् । 

Kids Festival 2022
kanti aarogya hospital