‘लु’बाट जोगाउन नेपालगन्जमा निर्माण हुँदै ‘कुलिङ सेन्टर’


सेतोखरी सेतोखरी   मंगलबार, चैत २०, २०८०
‘लु’बाट जोगाउन नेपालगन्जमा निर्माण हुँदै ‘कुलिङ सेन्टर’

File Photo

नेपालगन्ज २० चैत्र : देशमै अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगन्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो ।

तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख विनियोजन गरेको छ । नेपालगन्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ ।

अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु गरिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

रेडक्रस क्लाइमेट सेन्टरका सहरीक्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगन्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगन्ज उपमहानगरपालिका ‘लु’ प्रतिकार्य योजना लागू गर्ने देशको एकमात्र स्थानीय सरकार हो ।