‘देश जोगाउन यो व्यवस्था फेर्नुपर्छ, एकघर एक दुर्गा प्रसाईँ बन्नुहोस्’


सेतोखरी सेतोखरी   बुधबार, चैत २१, २०८०
‘देश जोगाउन यो व्यवस्था फेर्नुपर्छ, एकघर एक दुर्गा प्रसाईँ बन्नुहोस्’

नेपालगन्ज २१ चैत्र : राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक वचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले वर्तमान व्यवस्था परिर्वतनले मात्र देशले निकास पाउने बताएकाछन् । 

विगत ३४ वर्षदेखि यो देशमा भएको राजनीतिले वर्तमान देशको दूराअवस्था बन्न पुगेको बताउँदै उनले भने–‘मैले यो अभियान सुरु नगरेको भए धेरै नेपाली मर्ने थिए । यो देश बचाउने, नागरिक बचाउने अभियान हो । देश जोगाउन एकघर एक दुर्गा प्रसाईँ बन्नुहोस् ।’

यही चैत्र २२ गते जुम्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज बुधबार दिउँसो आएका उनले आफ्ना समर्थक र पत्रकारसँग कुरा गर्दै अगाडी भने–‘नेपाल जोगाउन एकघर एक दुर्गा प्रसाईँ बन्नुहोस् । मैले त्यो योजना अनुसार लिड गरिदिन आफ्नो योजना अघि सारेको हो ।’

‘नेपालका भ्रष्ट, माफियाहरुलाई एक घर एक दुर्गा प्रसाईँले नलखेट्दासम्म हामी राम्रोसँग बाच्दैनौ । कुन राजनीतिक पार्टी हो हामीलाई मतलब भएन । आफू बाँच्न, देश जोगाउन हाम्रो झण्डा बचाउन म तपाईहरुको साथ दिन आएको हो ।’ उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘सर्वहारा वर्ग र भुर्इँमान्छेको मुक्ति नभइन्जेल, लघुवित्त, सहकारी, बंैक, वित्तियका तस्कर, माफियाहरु । १६ मारवाडी परिवार, १० जना नेपाली  र ३० जना नेताहरुले यो देश डुवाएको उनले प्रतिक्रिया दिए । 

उनले भने–‘यी मारवाडी, नेताहरुले विदेशमा राखेको पैसा फिर्ता ल्याउन,  तपाईहरुलाई मुक्ति दिलाउन, अहिलेको व्यवस्था फेर्न र तपाईहरुको पैसा फिर्ता नगराइन्जेल दुर्गा प्रसाई ब्याक हुँदैन ।’

अर्को प्रसंगमा उनले भने–‘सर्वोच्च अदालतले १३ वर्षसम्म लडार्इँ गर्दा सम्बन्धन दिएको बताउँदै उक्त सम्बन्धन आफूले मेची अञ्चलबासीका लागि छाडिदिएको बताए ।’ उनले अगाडी भने–‘मेडिकल कलेज उपहार पाएको होइन । संघर्ष गरेर पाएको हो । त्यो नेपालको सम्पत्ति हो ।’ 

आफू २२ गतेको जुम्ला र २४ गते दाङको कार्यक्रमको लागि नेपालगन्ज आएको उनले भने ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक वचाउ महाअभियान नेपालका बाँके जिल्ला संयोजक तेजनारायण कडेँलका अनुसार आज दुर्गा प्रसाई कोहलपुरस्थित सेन्ट्रल प्लाजामा बस्नेछन् । सोक्रममा उनी आफ्ना समर्थकहरुसंग छलफल गर्नेछन् ।