बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो


सेतोखरी सेतोखरी   बिहीबार, चैत २२, २०८०
बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो

नेपालगन्ज २२ चैत्र : प्रहरी संगठनलाई नै बदनाम गराएर बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहराले अबैध तरिकाले लाखौँ रकम उठाइरहेको बेला सीमापारिबाट अवैध तस्करी र आयात अत्यधिक बढेको छ । 

नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालगन्जस्थित विभिन्न प्रहरी युनिट तस्करसँग अबैध तरिकाले लाखौं रकम उठाउनमा मस्त रहँदा यता भन्सार राजस्व छलेर दिनहुँ अवैध सामान आयात र तस्करी बढेको बढैछ ।

यो पनि पढ्नुहोस्: बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा

चाडपर्वको बेला तयारी कपडालगायतका विभिन्न सामानको माग हुनेहुँदा तस्करी गर्नेहरू सोही समयमा बढी सक्रिय हुने गरेका थिए । तर, पछिल्लो समय ‘लाईन’ मिलाएर रकम लिने र तस्करीलाई पृष्ठपोषण हुँदै आएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज वडा नम्बर–७ मा गोदाम बनाएर भन्सार छलिका सामानहरू राखेर बिक्री हुने गरेको सूचनाका आधारमा सो गोदाममा मंगलबार छापा मारेर दश लाख रुपैयाँभन्दा बढीको तयारी कपडा र औषधी बरामद गरेको छ । यो प्रहरीको देखावटी नाटक मात्र हो ।

वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिका –७ गगनगञ्ज प्रगतिशील मार्गस्थित असरफ अन्सारीको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिई बस्दैआएको कोठामा खानतलासी गर्दा त्यहाँबाट ४४३ थान तयारी लेडिज कुर्ता सुरुवाल र तीन हजार पत्ता जिनटप नामक भिटामिन क्याप्सुल बरामद गरेको थियो ।

सो गोदामबाट बरामद भएका अवैध सामानको मूल्य १० लाख ४३ हजार रहेको जनाउँदै ती सबै सामानलाई आवश्यक थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए ।

यसअघि वडा प्रहरी कार्यालय नेपालगन्जले चैत १६ गते ८८८ पिस ७१ हजार रुपैयाँको सेन्डो गञ्जी बरामद गरेको थियो । चैत ९ गते एक लाख ५३ हजार बढीका भन्सार छलेर भित्र्याएका विभिन्न सामान बरामद गरेको थियो ।

प्रहरीले आफ्नो रेकर्डमा दर्ज गर्नका लागि यसखाले गतिविधिलाई बढावा दिएर सर्वसाधरणलाई प्रहरीको उपस्थिती र कामकारबाही गरिरहेको देखाउँछ । तर, लाईन मिलाएर अबैध रकम दिने तस्करहरुले यो भन्दा ठूला र धेरै मात्रामा तस्करी र भन्सार छल्ने गरेको तथ्यले देखाउँछ ।

यसैबीच, बाँकेको जानकी गाउँपालिकामा मङ्गलबार राती लुटपाट भएकोछ । १०÷१२ जनाको समूहमा हतियारसहित आएका लुटेराले जानकी गाउँपालिका वडा नम्बर–६, कपासीका लोकेन्द्र बुढाको घरमा लुटपाट गरेको हो । 
राती २ बजे आएका लुटेराले घरपरिवारलाई धम्क्याएर घरमा भएको नगद, गरगहना, मोबाईल लगेकोछ । 

यो पनि पढ्नुहोस् :तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’