राजासहित नयाँ वर्ष इभ मनाउँदै होटल सोल्टी


सेतोखरी सेतोखरी   शनिबार, चैत २४, २०८०
राजासहित नयाँ वर्ष इभ मनाउँदै होटल सोल्टी

नेपालगन्ज २४ चैत्र : नेपालगन्जको भुजईगाउँ स्थित होटल सोल्टीले राजा ज्ञानेन्द्र शाहसहित राजपरिवार सदस्यको उपस्थितीमा नयाँ वर्ष इभ मनाउने भएकोछ । नेपालीको नयाँ वर्ष २०८१ लाई भब्य स्वागत गर्न सोल्टीले राजासहित राजपरिवार सदस्यको उपस्थितीमा सांगितिक विशेष कार्यक्रम गर्ने भएको हो । 

चैत्र महिनाको अन्तिम दिन ३० गते शुक्रबार साँझ ६ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने उक्त सांगितिक विशेष कार्यक्रममा नेपाली सांगितिक जगतका ख्यातिप्राप्त स्रष्टा गायक कालिप्रसाद बास्कोटाको प्रस्तुती रहने सोल्टी वेस्टेण्ड प्रिमियम नेपालगन्जका जनरल म्यानेजर राजविक्रम शाहले जानकारी दिए ।

नयाँ वर्ष इभको कार्यक्रम बारे जानकारी दिदैं जनरल म्यानेजर शाहले भने—‘गायक बास्कोटासंगै साथीभाई टीम र वुटबलको ब्याण्डका साथ गेट—टुगेदरको आकर्षक व्यवस्था गरिएको छ ।’

सोल्टीको नयाँ वर्ष कार्यक्रका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय र तीन हजारको टिकटको व्यवस्था गरिएको छ । १० वर्ष मुनिकालाई निःशुल्क प्रवेश दिइने जनरल म्यानेजर शाहले बताए । कार्यक्रमको एकदिन अघिसम्म दुई हजार पाँच सय र कार्यक्रमकै दिन तीन हजारमा प्रवेश टिकट पाउने उनले बताए । उक्त टिकटमा एउटा क्यान बियर उपलव्ध गराइने छ ।

Kids Festival 2022
kanti aarogya hospital

नयाँ वर्ष कार्यक्रममा राजपरिवारका सदस्यहरुको उपस्थितीमा मनाउन सम्पूर्ण तयारी अघि बढिसकेको जनरल म्यानेजर शाहले जानकारी दिए ।

उनका अनुसार, पश्चिम क्षेत्रको भ्रमणमा रहेका राजा ज्ञानेन्द्र शाह र रानी कोमलको टुर मुकाम नेपालगन्ज नै भएकाले सोल्टी होटलको नयाँ वर्ष कार्यक्रममा उनीहरुलाई सहभागि हुन आग्रह गरिएको छ ।

‘पश्चिम नेपाल भ्रमणका दौरान नेपालगन्ज रहनुभएका राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यहरुको विशेष उपस्थितीमा हुने नयाँ वर्ष इभ कार्यक्रमले नेपालगन्जलाई देशभर चिनाउन सहयोग पुग्नेछ ।’ जनरल म्यानेजर शाहले भने ।

‘हामी नेपालगन्जको प्रचार गर्न चाहान्छौं । राजा र राजपरिवारसहित गायक बास्कोटाको नेपालगन्जमा पहिलोपटक प्रस्तुती हुँदैछ । यसले पनि नेपालगन्जलाई देशभर भाइब्रेट गराउँछ’ उनले भने ।

नयाँ वर्षको कार्यक्रममा सहभागिहरुका लागि आकर्षक पुरस्कार, आतिशबाजी, लाइभ बार एण्ड फुड काउण्टरको व्यवस्था गरिएको होटल सोल्टीले जनाएको छ ।