नेपालगन्ज २४ चैत्र : नेपालगन्जको भुजईगाउँ स्थित होटल सोल्टीले राजा ज्ञानेन्द्र शाहसहित राजपरिवार सदस्यको उपस्थितीमा नयाँ वर्ष इभ मनाउने भएकोछ । नेपालीको नयाँ वर्ष २०८१ लाई भब्य स्वागत गर्न सोल्टीले राजासहित राजपरिवार सदस्यको उपस्थितीमा सांगितिक विशेष कार्यक्रम गर्ने भएको हो ।
चैत्र महिनाको अन्तिम दिन ३० गते शुक्रबार साँझ ६ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने उक्त सांगितिक विशेष कार्यक्रममा नेपाली सांगितिक जगतका ख्यातिप्राप्त स्रष्टा गायक कालिप्रसाद बास्कोटाको प्रस्तुती रहने सोल्टी वेस्टेण्ड प्रिमियम नेपालगन्जका जनरल म्यानेजर राजविक्रम शाहले जानकारी दिए ।
नयाँ वर्ष इभको कार्यक्रम बारे जानकारी दिदैं जनरल म्यानेजर शाहले भने—‘गायक बास्कोटासंगै साथीभाई टीम र वुटबलको ब्याण्डका साथ गेट—टुगेदरको आकर्षक व्यवस्था गरिएको छ ।’
सोल्टीको नयाँ वर्ष कार्यक्रका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय र तीन हजारको टिकटको व्यवस्था गरिएको छ । १० वर्ष मुनिकालाई निःशुल्क प्रवेश दिइने जनरल म्यानेजर शाहले बताए । कार्यक्रमको एकदिन अघिसम्म दुई हजार पाँच सय र कार्यक्रमकै दिन तीन हजारमा प्रवेश टिकट पाउने उनले बताए । उक्त टिकटमा एउटा क्यान बियर उपलव्ध गराइने छ ।
नयाँ वर्ष कार्यक्रममा राजपरिवारका सदस्यहरुको उपस्थितीमा मनाउन सम्पूर्ण तयारी अघि बढिसकेको जनरल म्यानेजर शाहले जानकारी दिए ।
उनका अनुसार, पश्चिम क्षेत्रको भ्रमणमा रहेका राजा ज्ञानेन्द्र शाह र रानी कोमलको टुर मुकाम नेपालगन्ज नै भएकाले सोल्टी होटलको नयाँ वर्ष कार्यक्रममा उनीहरुलाई सहभागि हुन आग्रह गरिएको छ ।
‘पश्चिम नेपाल भ्रमणका दौरान नेपालगन्ज रहनुभएका राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यहरुको विशेष उपस्थितीमा हुने नयाँ वर्ष इभ कार्यक्रमले नेपालगन्जलाई देशभर चिनाउन सहयोग पुग्नेछ ।’ जनरल म्यानेजर शाहले भने ।
‘हामी नेपालगन्जको प्रचार गर्न चाहान्छौं । राजा र राजपरिवारसहित गायक बास्कोटाको नेपालगन्जमा पहिलोपटक प्रस्तुती हुँदैछ । यसले पनि नेपालगन्जलाई देशभर भाइब्रेट गराउँछ’ उनले भने ।
नयाँ वर्षको कार्यक्रममा सहभागिहरुका लागि आकर्षक पुरस्कार, आतिशबाजी, लाइभ बार एण्ड फुड काउण्टरको व्यवस्था गरिएको होटल सोल्टीले जनाएको छ ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं