बाँकेका पत्रकारलाई अनलाईन र मोबाईल पत्रकारिता तालिम


सेतोखरी सेतोखरी   आइतबार, चैत २५, २०८०
बाँकेका पत्रकारलाई अनलाईन र मोबाईल पत्रकारिता तालिम

कोहलपुर २५ चैत्र : बाँकेको कोहलपुरमा अनलाईन र मोबाईल पत्रकारिता सम्बन्धि २ दिने तालिम सुरु भएकोछ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोलपुर नगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो । 

कोहलपुरका मेयर पूर्ण प्रसदा आचार्यले उद्घाटन गरेको कार्यक्रम दुईदिन चल्नेछ । तालिम उद्घाटनमा बोल्दै कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले मोबाईल र अनलाईन पत्रकारिता तालिमले पत्रकारहरुलाई खोजमुलक समाचार संकलन र समप्रेषणमा सहयो पुग्ने बताए । उनले प्रविधिको विकास सँगै ठूलो क्यामेरा बोक्नु पर्ने र क्यामेरा पर्सन समेतको आवश्यकता पर्ने समस्यालाई मोबाईल पत्रकारिताले सहजता दिने विश्वास ब्यक्त गरे । 

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रमको उद्घाटनमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले पत्रकारले निष्पक्ष भएर सत्यतथ्य समाचार सम्प्रेषण गर्न सके समाचारप्रतिको विश्वसनियता कायम रहने धारणा राखिन् ।उनले पत्रकार समाजको ऐना भएकाले समाचार सम्प्रेषणमा सर्तकता अपनाउन आग्रह गरिन् । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उक्त तालिममा उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य राखेका थिए । भने तालिममा बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, शिलापत्रका जनक नेपाल र नसना बज्रचार्यले सहजिकरण गरिरहेकाछन् । तालिममा जिल्लाका ५० जना पत्रकारहरुको सहभागिता रहेकोछ ।