नेपालगन्ज २५ चैत्र : नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा होटल स्टारलाईटले राष्ट्रिय कलाकारको उपस्थितीमा न्यू इएर इभ मनाउने भएकोछ । नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित न्यू इएर इभमा होटल स्टारलाईटले राष्ट्रिय स्तरको कलाकारको उपस्थितीमा भब्य सांगेतिक कार्यक्रम गर्नेछ ।
चैत्र ३० गते राती स्टारलाईटले राष्ट्रिय कलाकारको प्रस्तुतीसहित खानामा विशेष प्याकेज दिने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएकोछ । स्टारलाईट होटलका सिइओ कुमार मैनालीका अनुसार राष्ट्रिय कलाकारका साथ नेपाली नयाँ वर्ष मनाउन विशेष कार्यक्रम गरिन लागेको बताए ।
उनले भने–‘नेपालीको नयाँ वर्ष सभ्य र भब्यरुपमा मनाउन हामीले अन्य होटल भन्दा फरक र विशेष अफर दिएकाछौं ।’ उनले अगाडी भने–‘प्रतिब्यक्ति एक हजार नौ सय ९९ र जोडीले तीन हजार ४ सय ९९ मा असिमित स्न्याक, स्वागत ड्रिन्कसहित बुफे डिनरको सुविधा दिइनेछौं ।’
१० वर्षमुनीका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने नयाँ वर्ष पूर्व विशेष उत्सवलाई सफल बनाउन तथा सुरक्षालाई विशेष ध्यान दिएर कार्यक्रम तय गरिएको उनले बताए ।
सांगेतिक कार्यक्रममा लोक तथा दोहरी चर्चित गायीका शान्ति श्री परियार, कमेडियन आर्दश मिश्र, स्मारिका ढकाल र समारिका ढकालको बेजोड नृत्यका साथ अफ रोड ब्याण्डको प्रस्तुती रहनेछ । यसका साथसाथै लाइभ बार, लाइभ फुड स्टल, फायर वोर्क र फन गेम्स हुनेछ ।
होटलले समर अफर पनि दिएको जानकारी दिदैँ सेल्स एण्ड मार्केटिङ अफिसर ड्यानियल भने–‘एक हजारमा अनलिमिटेड स्वीमिङ, एक बोटल क्यान वियर वा जुस तथा एक प्लेट भेज वा चिकेन मःमः उपलब्ध गराउनेछौं ।’ उनले अगाडी थपे–‘ग्राहक लक्षित योजना अनुरुप सिंगल बेड चार हजार पाँच सय र डबल बेड ५ हजार ५ सयमा ब्रेकफास्टसहित उपलब्ध गराइरहेका छौं ।
३ सय ५ देखि ४ सय सम्म दर्शकको उपस्थिती रहने उक्त नयाँ वर्ष इभ कार्यक्रमको उद्घोषण प्रेरणा गिरीले गर्ने होटल स्टारलाईटले जनाएकोछ । पत्रकार सम्मेलनमा होटलका अपरेशनल म्यानेजर रमित श्रेष्ठ र फ्रन्ट अफिसर विनोद बुढाथोकीको समेत उपस्थिती रहेको थियो ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं